
Pbu
Gfs
Ggp
Pes
Srbpu
Unsku
Djs
Rgp
Lnp
cjs
Rgp1
Sgr
sbs
pku

Sbs
Tsm
Bbbpu
Vor
Ksm
nsb
Rsb
Rgs
Ssm
Hal
Gst
Bbu
Wsp
Sls
Pvg
Asm
Rgu
Ggd
Rgu

Rpp
Jmb
Jmb
Abd
Ptm
Rmb
Pls
sab
Bml
Syp
bbt
Mks
Gsb
काठमाडौं । नेपाल पत्रकार महासंघले मुलुक संघीय संरचनामा गएपछि महासंघकाे नेतृत्वकाे लागि पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिएको छ ।
अन्तिम मत परिणाम अनुसार विपुल पोख्रेलकाे प्यानल विजयी भएको हो । निर्वाचन समितिका अनुसार महासंघ को अध्यक्षमा लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको छ । यस्तै महासंघको चुनावमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चासहित ११ वटा दल आबद्ध पत्रकारहरु गठबन्धन थियाे । पोख्रेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन्। उक्त गठबन्धनको प्यानलबाट केन्द्रीय कार्य समितिमा तीन सदस्य बाहेक सबै विजयी भएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट,महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले दाना केसी सुवेदीलाई पराजित गरेकि हुन । समावेशी उपाध्यक्षमा उदय जिएम निर्वाचित भएका छन् । उनले अवधेश झालाई पराजित गरेका हुन भने महासचिवमा रोशन पुरी विजय भएका छन् । उनले बालकृष्ण बस्नेतलाई पराजित गरेका हुन ।
त्यस्तै खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई हराउँदै गोविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्मा विजयी बनेकी छन् । उनले निमा काफ्लेलाई पराजित गरिन। आदिवासी जनजाति सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । उनले शाहीमान राईलाई पराजित गरेका हुन ।
सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छ्न् । उनले द्वारिकाप्रसाद काफ्लेलाई पराजित गरे भने लेखा समिति सदस्यमा छविलाल तिवारी विजयी भए ।
खुला सदस्यहरुमा बासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री विजयी भए भने सदस्यहरुमा सरिता तिम्सिना (खस-आर्य महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला-दलित), भीषण राई (आदिवासी जनजाति), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), प्रकाश धौलाकोटी (दलित), राधा नेपाली (महिला दलित), सुवासप्रसाद साह (सदस्य मधेसी), रिंकुकुमारी मिश्र (मधेसी महिला), नवीन रिजाल (अपांगता), इफ्तखार हसन (इकवाल अहमद) (अल्पसंख्यक) तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकाेे निर्वाचन समितिका सदस्य अधिवक्ता देवेन्द्र झाले बताए।
