सागर थापा शनिबार, चैत्र २८, २०७७

बाँके। ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । कोहलपुर प्रहरीका अनुसार कोहलपुरको हाइस्कूल चोक नजिक पैदल हिडिरहेका दुई भारतीय र एक नेपालीको साथबाट कटुवा पेस्तोल र गोली बरामद भएको हो ।यस्तै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी रविन्द्र खनालले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा भारत बाबागञ्जका महताप्रसाद खटिक र नकछेद पाछी तथा कोहलपुरका सुरज लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साथै पेस्तोल खटिकले कम्मरमा लुकाएका थिए ।
प्रहरीले उनीहरुका बारेमा आवश्यक अनुसन्धान भइरहेको कोहलपुर डिएसपी खनालले जानकारी दिएका छन् ।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]