दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखामा ११३ मत गन्दा अध्यक्षमा दुर्गालाल केसीको अग्रता कायमै छ ।
त्यस्तै बिहीबार बिहानबाट सुरु भएको मतगणना अनुसार अध्यक्षमा दुर्गालाल केसीको ६२,लक्ष्मी आचार्यले ५१ मत प्राप्त गरेका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सन्तोष सुवेदी ६८, ओपेन्द्र बस्नेत ४४, उपाध्यक्ष महिलामा बसुन्धरा गौतम ७६, रन्जिता शर्मा ३५ मत ल्याएका छन् ।
यस्तै सचिवमा आरके शितल ७४, गोकर्ण पौडलले ३७ मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्षमा शरद रेग्मी ६२, प्रेम घर्ती ४८, सहसचिवमा दामोदर बस्नेत ५८, दशरथ घिमिरे ५४, सहसचिव समाबेशीमा देवी भण्डारी ६१, दिप्तीशिखा चौधरीले ५१ मत प्राप्त गरेको सूचना प्राप्त भएको छ ।