
Mbdvs
Gmk
Ksm
Rbs
Gisld
Pbu
mbd
Anm
Sds

Rgs
Bbbpu
Rsb
Gst
Sbs
Asm
Vor
Tsm
Ssm
Sls
Ggd
Rgu
Rgu
Wsp
Bbu
Hal
nsb
Ksm
Pvg

Gsb
Ptm
bbt
Bml
Rmb
Rpp
Syp
Abd
Jmb
Mks
sab
Jmb
Pls
सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गते मध्यरातिसम्म गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप सात दिनसम्म लकडाउन थप्ने निर्णय गरेको हो।
सरकारले यसअघि चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो। आइतबारको मन्त्रिपरिषद् बैठकले १८ गतेपछि सात दिन लकडाउन थप्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । यो निर्णयसँगै चैत २५ गते राति १२ बजेसम्म लकडाउन हुने भएको छ।
यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। तर, कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधि थपेको हो।
