
Asbus
Msbus
Ksbus
Lnp
Ggp
Sdc
Rgp
Ggp
Ksbus

दाङ । देउखुरीको लमही स्थित रोजी बड्स बालबाटिका स्कुलले बाढी प्रभावित नागरिकहरुको राहतका लागि १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
अविरल वर्षाका कारण आएको बाढीले नागरिकहरु संकटमा परेका बेला विद्यालयले संस्थागत रुपमा यो सहयोग रकम प्रदान गरेको हो । बाढीपीडितको पीडाप्रति गहिरो दुःख व्यक्त गर्दै रोजी बड्स बालबाटिका स्कुलका प्रिन्सिपल वसन्त न्यौपानेले भने, “अहिले हाम्रा दाजुभाइ, दिदीबहिनीहरु ठूलो प्राकृतिक विपत्ति र संकटसँग जुधिरहनुभएको छ । विपदको यो घडीमा उहाँहरुको आँसु पुछ्नु र साथ दिनु हाम्रो मानवीय कर्तव्य हो ।
त्यस्तै उनले भने,हामीले उपलब्ध गराएको यो रकम निकै थोरै भएपनि पीडित परिवारलाई यो संकटको समयमा थोरै भएपनि राहत र आडभरोसा पुगोस् भन्ने हाम्रो मुख्य मनसाय हो ।”
