
Amb
Pbu
rgs
Snmbs
Dpm
snmbs
Gesld
Snmbs
Ges
Sdc
Dbc
Mbf
dpm


कोरोना भाइरस (कोभिड १९ं) को संक्रमण फैलिएपछि भारतमा काम गर्ने नेपाली धमाधम घर फर्कनेको लर्को लाग्यो। सरकारले पुरै भारत लकडाउन गर्यो।त्यहाका सबै उद्योग,कलकारखाना,होटल लगायत बन्द भए।त्यसपछि कोरोनाको त्रासले चैतको पहिलो सातादेखि नेपाल फर्कनेको ह्वात्तै बढे । घर गएका उनीहरु होम क्वारेन्टाइनमा समेत नबसेर गाउँभरि घुम्ने, सार्वजनिक स्थलमा जम्मा हुने गरेको स्थानीयले बताएका छन् ।उनीहरुको गतिविधिले गाउँघर पूरै त्रासमा छ । स्थानियले जथाभावी नघुम्नु भनेर आग्रह गर्दा पनि उनिहरु मान्दैन्न।यस्ले गाउंघरमा जोखिम झन बढाएको देखिन्छ।’कोरोनाको सम्भावित खतरालाई रोक्न प्युठानका विभिन्न स्थानीय तहमा १६ वटा क्वारेन्टाईन छ्न।ती मध्ये १४ वटा क्वारेन्टाइन भने अहिले रित्तै छन। नेपाली काङ्ग्रेस प्युठानका युवा नेता प्रमोद पोख्रेलले “संक्रमित संगै भारत सहित अन्य मुलुकबाट अाएकाहरुलाई ससम्मान क्वारेन्टाइनमा राख्न आवाश्यक रहेको बताए। ‘के क्वारेन्टाइन निर्माण गरेकाे समाचार र सामाजिक संजालमा राख्न मात्र हाे ?’ उनले प्रश्न गरेका छन। उनले स्वर्गद्वारी नगरपालिका र ऐरावति गाउपालिकाले गरेकाे क्वारेन्टाइन निर्माण पछिकाे प्रयाेग,प्रयास सबैले सिक्न याेग्य रहेको बताए । -“जिल्लामा चालिएका सुरक्षाका कदम पनि अपर्याप्त छन् ।पोख्रेल भन्छन्। यद्धपी जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख तथा सुचना अधिकारी पोसण ढकालले ऐरावती–३ को मोति मावि बरौलामा १५ र स्वर्गद्वार–६ स्थित झुपाकोट प्रावि थापाखर्कमा रहेको क्वारेन्टाइनमा ११ जना गरि २६ जनालाई मात्र राखिएको बताए। उनका अनुसार जिल्लामा जम्मा १६ वटा क्वारेन्टाइन कक्ष तयार छन। तिनमा १ सय ७१ शैया छन। हेल्थडेस्क ५ वटा छ्न। प्रहरीको तथ्याकंले २ हजार २ सय ७९ जना नागरिकहरु भारतबाट प्युठान भित्रीएको देखाउछ । अझै आउने क्रम रोकिएको पनि छैन। उनिहरु क्वारेन्टाइन् होईन सिधै गाउँ पसेका छन। नेपाली काङ्ग्रेसका जिल्ला सचिब देबेन्द्र बर्माले स्थानीय सरकारले भारत तथा अन्य देशबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न गरेको निर्णय उपयुक्त रहेको बताए ।
‘भारतबाट आएकाहरु घर पुगिसकेका छन्,’ उनले भने ‘उनीहरूलाई क्वारेन्टाइनमा बस्नुपर्ने कुरा थाहा छैन र त्यो खालको व्यवस्थापन पनि छैन।’ उनिहरुलाई गाउंमै पुगेर भएपनी सम्झाई बुझाई गरेर क्वारेन्टाइन सम्म ल्याउने बाताबरण सृजना हुनुपर्ने बर्माले औंल्याए। उनका अनुसार सीमा नाका र अन्य ठाउँमा कडाइ नहुँदा भारतबाट आएकाहरू क्वारेन्टाइनमा नबसेर सिधै घर पुगेका हुन्।स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदि भने दैनिक रूपमा आएका नागरिकलाई ज्वरो नापेर आवश्यक सरसल्लाह दिईएर पठाउने गरेको बताउछन। उनले ज्वरो आएका मानिसको चेकजाँच गरी अस्पताल जान सुझाव दिने गरेको र पछि के भयो भनेर फोनमा समेत बुझ्ने गरिएको सुनाए।,स्वास्थ्य कर्मचारी , स्वास्थ्य स्वयंसेवक स्थानीय जनप्रतिनिधि ग्रामीण क्षेत्रमा पुगेर हरेक नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको उनको भनाई छ।हेल्थ डेक्समा ज्वरो नाप्ने र पछि पनि उनीहरूलाई निगरानी गरी त्यस्तो केहि भए तुरुन्त प्रदेश अस्पतालमा पठाउने तयारी गरिएको बताए। केही हुँदैन भन्ने मानवीय स्वभाबले गर्दा सीमा नाकाबाट आएका व्यक्तिहरू सिधै घर गएको हुनसक्ने उनले उल्लेख गरे ।अहिले सम्म नेपालमा हालसम्म ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भइसकेको छ।
