निराजन यादव शुक्रबार, साउन २२, २०८३

दाङ । देउखुरीको गढवा गाउँपालिका–३ गोबर्डिहामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा–३ गोबर्डिहा निवासी ४७ वर्षीय राधेश्याम चौधरी रहेका छन् । स्थानीयका अनुसार तीव्र गतिमा रहेको रा २ प ७०५४ नम्बरको मोटरसाइकलले आज बिहान साढे पाँच बजेतिर पैदल हिँडिरहेका चौधरीलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको लागि लगिएको थियो । तर उपचार गर्दै गर्दा चौधरीलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख (प्रहरी निरीक्षक) साहिल बुढाथोकीका अनुसार अहिले मोटरसाइकल चालक रामकृष्ण लोधलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट आजै म्याद थप गरि घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]