
Rbs
Pbu
Mbdvs
Sds
mbd
Gisld

Gst
Rgu
Tsm
Wsp
Vor
Ssm
Rgs
Rsb
Ksm
nsb
Asm
Sls
Ggd
Hal
Bbu
Rgu
Pvg
Sbs
Bbbpu

Rmb
Jmb
sab
Abd
Bml
Ptm
Mks
Gsb
bbt
Syp
Jmb
Rpp
Pls
दाङ । चैत्र १५ गते सवारी दुर्घटनामा ज्यान गुमाएका युवा दाङ राजपुर गाउँपालिका वडा नम्बर ५ निवासी भोगेन्द्र सिंह राजपुतका कान्छा छोरा वर्ष २० का अभिनेश कुमार सिंह राजपुत भएको खुलेको छ । मृतक अभिनेश लामो समयदेखि भारतमा बस्दै आएकोले उतैबाट भारतीय आधार कार्ड बनाएको उनका बाबू भोगेन्द्रले बताए । अभिनेश भारतबाट ३/४ दिन अघि मात्र नेपाल आएका थिए । सोही कार्डको आधारमा भारतीय नागरिक भएको वडा प्रहरी कार्यालय लमहीले पुष्टि गरेको थियो ।
बुटवलदेखि दाङको घोराहीतर्फ जाँदै गरेको लु २ ख १४२८ नम्बरको यात्रुवाहक बस र घोराहीदेखि लमहीतर्फ आउंदै गरेको भे ६ प ८९३७ नम्बरको मोटरसाइकल आइतबार पौने ५ बजेतिर लमही नगरपालिका वडा नम्बर ६ बेल्दमारमा एक आपसमा ठोक्किदा सिंह गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको थियो । मोटरसाईकललाई ठक्कर दिने बस र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।
