
Pbu
Sds
mbd
Gisld
Rbs
Mbdvs

Rgu
Wsp
Pvg
Ksm
Ggd
Vor
Bbu
Hal
Bbbpu
Rgu
Sbs
nsb
Asm
Rsb
Gst
Ssm
Rgs
Sls
Tsm

Ptm
Jmb
Jmb
Rpp
sab
Gsb
Rmb
Abd
bbt
Syp
Pls
Mks
Bml
दाङ । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा दाङका विपुल पोख्रेलको उम्मेदवारी परेको छ । यसअघि उहाँ पत्रकार महासंघको वरिष्ठ उपाध्यक्ष रहनु भएको थियो । नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघको निवार्चन यही चैत २५ गते हुँदैछ । श्रमजिवी पत्रकारहरुको हक अधिकार स्थापित गर्न र प्रेस स्वतन्त्रताका लागि आफूले अध्यक्षमा उमेद्वारी दिएको पोख्रेलले प्रतिकृया दिनु भएको छ । प्रेस स्वतन्त्रता,लोकतन्त्र र नागरिक अगुवा संस्थाको हिसाबले पत्रकार महासंघले ठूलो भुमिका खेल्दै आएको उहाँको भनाई छ ।
त्यस्तै समावेशी उपाध्यक्षमा दाङका उदय जीएमको उम्मेदवारी परेको छ । उहाँ यस अघि पत्रकार महासंघको सचिव हुनुहुन्थ्यो थियो । त्यस्तै केन्द्रीय सदस्यमा दाङका वंशिकुमार शर्मा, टीका बस्नेत र मुक्तिबाबु रेग्मीको उम्मेदवारी परेको छ । महासंघको निर्वाचनमा प्रेस युनियन,प्रेस सेन्टर,मिडिया नेपाल, प्रगतिशिल पत्रकार संघलगायत १२ संगठनको चुनावी गठबन्धन रहेको छ ।
