दाङ । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा दाङका विपुल पोख्रेलको उम्मेदवारी परेको छ । यसअघि उहाँ पत्रकार महासंघको वरिष्ठ उपाध्यक्ष रहनु भएको थियो । नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघको निवार्चन यही चैत २५ गते हुँदैछ । श्रमजिवी पत्रकारहरुको हक अधिकार स्थापित गर्न र प्रेस स्वतन्त्रताका लागि आफूले अध्यक्षमा उमेद्वारी दिएको पोख्रेलले प्रतिकृया दिनु भएको छ । प्रेस स्वतन्त्रता,लोकतन्त्र र नागरिक अगुवा संस्थाको हिसाबले पत्रकार महासंघले ठूलो भुमिका खेल्दै आएको उहाँको भनाई छ ।
त्यस्तै समावेशी उपाध्यक्षमा दाङका उदय जीएमको उम्मेदवारी परेको छ । उहाँ यस अघि पत्रकार महासंघको सचिव हुनुहुन्थ्यो थियो । त्यस्तै केन्द्रीय सदस्यमा दाङका वंशिकुमार शर्मा, टीका बस्नेत र मुक्तिबाबु रेग्मीको उम्मेदवारी परेको छ । महासंघको निर्वाचनमा प्रेस युनियन,प्रेस सेन्टर,मिडिया नेपाल, प्रगतिशिल पत्रकार संघलगायत १२ संगठनको चुनावी गठबन्धन रहेको छ ।