
Sdc
Ksbus
Ksbus
Lnp
Ggp
Msbus
Rgp
Ggp
Asbus

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना भरुवा बन्दुकसहित पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १२ चम्पाखेल भलानेरी सृजना सामुदायिक वनस्थित जंगलमा शिकार खेल्ने क्रममा ५१ वर्षिय टेक बहादुर गुरुङको मृत्यु भएको घटनामा संलग्न दुई जनालाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।
त्यस्तै पक्राउ पर्नेमा घोराही १३ निवासी ३५ वर्षिय मधु शर्मा र सोही ठाउँ निवासी २७ वर्षिय भिम घर्ती रहेका छन् । उनीहरुको साथबाट ४ फिट ८ इन्च लम्बाई भएको भरुवा बन्दुक एक थान बरामद गरेको दाङ प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिनु भएको छ ।
