
Pbu
mbd
Mbdvs
Rbs
Sds
Gisld

Tsm
Ggd
Bbbpu
Rgu
Sls
Sbs
Rsb
Hal
Rgu
Asm
Pvg
Ssm
Gst
Ksm
Wsp
Rgs
nsb
Vor
Bbu

Syp
Mks
Bml
Abd
Gsb
Rpp
Ptm
Pls
sab
Jmb
Jmb
bbt
Rmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नं.६ ढिकपुरका आगलागी पिडीतलाई नेपाली कांग्रेसले राहत प्रदान गरेको छ। नेपाली कांग्रेस लमही नगर समितिका सभापति शिव प्रसाद चौधरीको सक्रियतामा संकलन भएको ६० हजार बराबरको जस्तापाता लमही नगरपालिका वडा नम्बर ६ ढिकपुरका आगलागी पिडितलाई प्रदान गरिएको हो । त्यस्तै जस्तापाता प्रदान गर्दै क्षेत्रीय सभापति पाण्डेले बाढी पहिरो,आगलागी जस्ता प्रकोपबाट पिडित बनेका मानिसहरुको घाउमा मलम लगाउने काम नेपाली कांग्रेसले गर्दै आएको बताउनु भयो । यत्ति जस्तापाताले सबै आगलागी पिडितलाई नपुग्ला तर पनि यो सानो सहयोगले केहि राहत मिलोस भनेर प्रदान गरिएको पाण्डेको भनाई छ। त्यस्तै कांग्रेसका पुर्व महासमिति सदस्य मधु न्यौपानेले नेपाली कांग्रेस हरेक जनताको दुखमा साथ दिने एक मात्र पार्टी भएको बताउदै आपत बिपतमा परेका जनतालाई सहयोग गर्ने बताउनु भयो ।
त्यस्तै केहि दिन अघि पनि नेपाली कांग्रेसले दाङ्ग र भारतको सिमानाकामा आगलागी पिडितलाई राहत प्रदान गरेको थियो । नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे, पुर्व महासमिति सदस्य मधु न्यौपाने,वडा नम्बर ४ का वडा सभापति मनिराम चौधरी,तरुण दल क्षेत्रीय सभापति किरण पौडेल,लमही खानेपानीका कोषाध्यक्ष जंग बहादुर चौधरी लगायतले आइतवार बिहान ढिकपुर गाउँमै पुगेर जस्तापाता प्रदान गरेको थियो ।
