
Amb
Dbc
Sdc


काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी लुटेको आरोपमा धनगढीका एक युवकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
त्यस्तै,पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ स्थित हिमालीटोल घर भएका २३ वर्षीय नीराजन कुँवर रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो ।
यस्तै,काठमाडौँबाट पक्राउ परेका कुँवरलाई अनुसन्धानको लागि धनगढीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर कैलाश विष्टले जानकारी दिए । गत २०८२ भदौ २५ मा कुँवर सहितको समूहले दिनदहाडै सुदूरपश्चिम विश्वविद्यालय,स्वास्थ्य संकायका डिन डा । होमनाथ जोशीको निवासबाट गाडी लुटेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । डिनको निवास धनगढी–५ स्थित हसनपुरमा पार्कीङ गरेर राखेको बा २ झ २८५९ नम्बरको स्कोर्पियो लुटीएको थियो ।
त्यस्तै,आरोपी कैलाली जिल्ला अदालतबाट असार ३० मा चोरी तथा लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।
