
Ppu
Ssb
Rsb
Gsb
Ksb
Fmb
Bsn
Tgp
Ssb
Ksb
Csb
Usb
jsb
Ksb
Rks
Nsb

Gsb
Ssb
Hl1
Usb
Tsb

Nps
ptl
Rgu
दाङ । राजपुर गाउँपालिकाले आफ्नो ८ औं हिउँदे गाउँ सभाद्वारा विभिन्न नीति नियम तथा कानुन शुक्रबार पारित गरेको छ ।
गत चैत ९ गतेदेखि सुरु भएको सभा समयको अभावले चैत १३ गतेलाई सारिएको थियो । त्यस्तै शुक्रबार गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा बसेको सभाले निम्न नीति नियम तथा कानुन पारित गरेको हो ।
जस अनुसार कृषि व्यवसायी प्रवर्द्धन ऐन २०७७, स्थानीय तह सहकारी ऐन २०७७, स्थानीय तह वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७, गाउँपालिका कार्य संचालन निर्देशिका २०७७, गाउँपालिकाको विपद जोखिम न्यूनीकरण नीति २०७७, गाउँपालिकाको विपद जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना,(२०२०-२०३०)
गाउँपालिका साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ गरि ७ वटा प्रस्तावित कानुन पारित भएको छ ।
त्यस्तै सभाले केही संशोधन निर्णय,राजपुर स्वास्थ्य चौकी एम्बुलेन्स मर्मत, करार सेवामा कार्यरत कर्मचारीको म्याद थप,भैपरी आउने पुजीगत खर्च शिर्षकको बजेट,भैपरी आउने पुजीगत खर्च शिर्षकको बजेट, धुवानी गाडी भाडा भुक्तानी, फिल्टर हस्तान्तरण, ठुला योजनाहरुको पेश्की उपलब्ध गराउने लगायतको प्रस्ताव एवं निर्णयहरु पारित गरेको हो ।
यस्तै राजपुर गाउँपालिकाको कार्यालय स्थान छनोट गर्नको लागि बृहत छ्लफलको माध्यमद्वारा सबैलाई पायक पर्ने गरि बहुमतको आधारमा स्थान छनोट गर्नलाई आगामी चैत २३ गते पुनः सभा डाकिएको गाउँपालिका प्रवक्ता श्याम बहादुर रोकाले जानकारी दिनु भयो ।
