Sidha Patra शनिबार, साउन ०२, २०८३

कास्की । पोखरा महानगरपालिकाको विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धानका क्रममा चोरीका सामानसहित ४ जना विदेशी नागरिक र ५ जना नेपाली गरी ९ जनालाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै,पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । पोखराका विभिन्न वडामा भएका चोरीका घटनामा यो गिरोह संलग्न रहेको प्रहरीको दाबी छ ।

यस्तै,उनीहरूले गत साउन १४ गते पोखरा–१८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला सुनका गहना र ७० हजार रुपैयाँ नगद चोरी गरेका थिए । साउन ४ गते पोखरा–१७ छोरेपाटनस्थित शिवप्रसाद बरालको घरबाट ० ।५ तोला सुनको गहना, १ लाख ५० हजार रुपैयाँ नगद, एउटा ल्यापटप र एउटा मोबाइल चोरी भएको थियो ।

त्यस्तै,साउन १५ गते पोखरा–१८ भकुण्डेस्थित गिरीधारी श्रेष्ठको घरबाट दुईवटा मोबाइल र १ तोला ५४ लाल सुनका गहना चोरी भएको थियो । साउन २३ गते पोखरा–८ ज्ञानकुञ्ज मार्गस्थित मोहसेन खातमीको कोठाबाट एउटा मोबाइल र २५ हजार रुपैयाँ नगद तथा सोही दिन पोखरा–६ लेकसाइड स्थित हिरामणि लामिछानेको घरबाट आइफोन मोबाइललगायतका सामान चोरी भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारतको उत्तर प्रदेशका २३ वर्षीय राहुल निषाद र महाराष्ट्रका ४० वर्षीय सोमनाथ हनुमंत जाधव रहेका छन् । चीनको गुइझोउका ३० वर्षीय वेन जी र शानडोङका ३७ वर्षीय वाङ लियानयिन पनि पक्राउ परेका छन् ।

नेपाली नागरिकहरूमा स्याङ्जा चापाकोटका ४२ वर्षीय राजकुमार बिक, कास्की अन्नपूर्णका ५० वर्षीय राजु केसी भन्ने खिमबहादुर क्षेत्री, अर्घाखाँची भूमिकास्थानका २९ वर्षीय अशोक पोखरेल, कास्की पोखरा–१६ का ५१ वर्षीय केशव पाइजा मगर र बागलुङ नगरपालिकाका २७ वर्षीय अनिल बिक रहेका छन् ।

त्यस्तै,प्रहरीले उनीहरूको साथबाट ९ वटा मोबाइल फोन, एउटा स्मार्ट घडी, एउटा ल्यापटप र १ दशमलव ३९४ तोला तौल भएको एउटा ब्रासलेट बरामद गरेको छ ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]