
pvg
Ges
Dpm
Mbf
sjnsplk
Snmbs
Sdc
Dbc
dpm
Pbu
Snmbs
snmbs
Amb
Gesld
rgs


दाङ । देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङमा प्रहरीले बिलबिजक नभएको ठूलो परिमाणको युरिया मल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको चेकिङ टोलीले बिहीबार बिहान अन्दाजी २:०० बजे भालुवाङ चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधनहरू जाँच गर्ने क्रममा उक्त मल बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद गरिएको १४० बोरा युरिया मलको अनुमानित बजार मूल्य ३ लाख १ हजार रुपैयाँ रहेको छ । अवैध रूपमा ओसारपसार भइरहेको उक्त मललाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
