तुलबहादुर कवँर मगर बिहिबार, आषाढ ३२, २०८३

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनअन्तर्गत पाँचौं बैठक बुधबार सम्पन्न भएको छ ।

बैठकले गाउँसभा सदस्य विष्णु पोख्रेलले पेश गर्नुभएको राप्ती गाउँपालिकाको कर तथा गैरकर राजस्व प्रशासनसम्बन्धी विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ ।

त्यस्तै,लेखा समिति संयाेजक रोशन चौधरीले पेश गरेको लेखा समितिको प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ का कार्यपालिकाका निर्णय बैठकले अनुमोदन गरेको छ ।

बैठक समापन गर्दै गाउँपालिकाका अध्यक्ष तथा सभाका अध्यक्ष प्रकाश विष्टले जनप्रतिनिधिले दलगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हित र दीर्घकालीन विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।

त्यस्तै,उनले नागरिकले जनप्रतिनिधिलाई दलको झण्डाले नभई व्यवहार, निर्णय र सेवाबाट मूल्याङ्कन गर्ने भन्दै राप्तीको समृद्धिका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]