
Ges
Mbf
Gesld
Dbc
Sdc
Snmbs
snmbs
Dpm
Pbu
Snmbs
dpm


मोरङ । धरानको विद्युतीय सेवा अवरुद्ध भएपछि मर्मत गर्न निस्किएको नेपाल विद्युत प्राधिकरणको गाडी दुर्घटनामा पर्दा २ जना कर्मचारीको मृत्यु भएको छ ।
सोमबार राति धरानमा विद्युत अवरुद्ध भएपछि समस्या पहिल्याउन तरहरातर्फको जंगल जाँदै गर्दा इटहरी २० मा पर्ने पानीपिया भन्ने स्थानमा प्राधिकरणको बा १ ञ १६५१ नम्बरको गाडी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानले जनाएको छ । ट्राफिक प्रहरी कार्यालय धरानका प्रहरी नायब निरीक्षक (सई) नारद दाहालकाअनुसार राति करिब साढे ११ बजे भएको सो दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै,जंगलमा सडक नजिक रुखमा गाडी ठक्कर खाएर गम्भीर घाइते भएका प्राधिकरणका कर्मचारी ४९ वर्षका सुमन आचार्य र ३३ वर्षीय दीर्घबहादुर राईको मृत्यु भएको हो । तीन जना सवार गाडीमा ३२ वर्षीय पवन राई भने घाइते भएका थिए । राई प्रतिष्ठानमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरी कार्यालयले जनाएको छ ।
धरानमा सोमबार राति करिब पौने १० बजेबाट विद्युत अवरुद्ध रहेको थियो । सोही अवरुद्ध विद्युत सेवा मर्मत गर्न प्राधिकरणका कर्मचारी स्थलगत निरीक्षणमा निस्किएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।देशसञ्चार
