शिबराज पन्थी/सिधा-पत्र कर्मी आइतबार, आषाढ २८, २०८३

दाङ । लोपोन्मुख पञ्चैबाजाको लोक संस्कृति संरक्षणमा दाङको गढवा गाउँपालिकाले आफ्नो अभ्यासलाई निरन्तरता दिदै अगाडी बढाएको पाइएको छ ।

२०७६ सालमा गढवा गाउँपालिकाको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत लोप हुन थालेको पञ्चैबाजा तथा नौमति बाजा संरक्षण गर्ने योजना बन्यो । जम्मा २ लाखको बजेटको जगमा टेकेर केहि बाजागाजाहरु खरिद भएसंगै बजाउन सिक्ने तालिम पनि सुरु भयो । बाजाहरु बजाउन सिकेपछि गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र नामले जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता भयो ।

संस्थाले वैधानीकता पाएपछि घरेलु तथा साना उद्योग कार्यालय दाङले चाँसो बढायो । कूल ५ लाखको बजेटबाट बाजाहरु किन्ने र बजाउने पुर्नताजगी तालिम दिइयो । यो तालिमबाट बाजा बजाउने २ वटा दक्ष टिम तयार भए ।

गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको टिम दाङका विभिन्न स्थानहरु संगै बाहिरी जिल्लामा समेत बाजा बजाउन जान थाल्यो । विस्तारै यसले एकपछि अर्को प्रगतिको फड्को मार्दै लोकप्रियता हाँसिल गर्दै गयो । पुनः २०७९ मा स्थानीय सरकारले सबैजनालाई डे«सको ब्यवस्थान गरिदियो भने घरेलु तथा साना उद्योग कार्यालय दाङले टिमलाई आवश्यक पर्ने सबै बाजागाजाहरु र पुर्नताजगीको थप तालिम दियो ।

दलित समुदायले मात्र बाजा बजाउने परम्परागत संस्कारलाई चिर्दै ब्राम्हण, क्षेत्री, दलित तथा जनजाति र महिलाहरु सबै मिलेर बाजा बजाउने काममा सरिक भए । बाजा बजाएर पाएको पारिश्रमिकको २५ प्रतिशत संस्थाको कोषमा जम्मा गर्दैगर्दा संस्थाले ९ लाख रुपियाँ लगानी गरेर आफ्नै घडेरी किन्न सफल भयो । संगसंगै स्थानीय सरकारहरुले आयोजना गरेका बाजा बजाउन सिकाउने तालिमहरु समेत दिन थाल्यो ।

दाङको बंगलाचुली,तुलसीपुर, लमही र बाहिर रोल्पा, रुकुम, सल्यान लगायतका जिल्लाहरुमा पुगेर प्रशिक्षण दिई बाजाबजाउने दक्ष टिम समेत तयार गरेको संस्थाका अध्यक्ष दयाराम थापाले जानकारी दिए । हाल गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका ३ वटा टिमहरुमा ३२ जना दक्ष जनशक्ति तयार भएको र सबैजना स्वरोजगारसंग जोडिएको अध्यक्ष थापाले बताए ।

यत्तिमात्र होइन उक्त संस्थाले केहि समय अगाडी कार्यालय र हल भाडामा लिएर पञ्चैबाजाको मिनि साँस्कृतक संग्रहालय खोल्यो । जिल्लाका बिभिन्न क्षेत्रबाट विद्यार्थीहरु नौमति वाजाको अध्ययन, अबलोकन गर्न आउन थाले । स्थानीय सरकारले हाम्रो गढवा नामक स्थानीय पाठ्यक्रम तयार गरेर पञ्चैबाजा लोककलाको पाठ समेत राखेर पठनपाठन गराउन थालेपछि त पञ्चैबाजाको मिनि संग्रहालय हेर्न र अध्ययन अवलोकन गर्न बिद्यालय र बिद्यार्थीहरुको लर्को नै लाग्ने गर्यो ।

कार्यालय भवन उद्घाटनः

यसैविच गढवा गाउँपालिकाको आ.ब.२०८२÷०८३ को १० लाख बजेट र संस्थाको ५ लाख आन्तरिक कोष खर्चेर तयार गरिएको भवन शनिवार एक कार्यक्रमका विच शिला अनावरण गरि गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले विधिवत् उद्घाटन गरेका छन् ।

संस्थाका अध्यक्ष दयाराम थापाको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पोखे्रलले स्थानीय सरकारको सानो लगानीबाट सुरुवात भएको गढवा पञ्चैबाजाको प्रगति देख्दा आफूलाई गर्भ लागेको बताए । आठ बर्षको अवधिमा लोपोन्मुख कला संस्कृतिको जागरण प्रभावकारी बनेको, दाङका बिभिन्न स्थानहरु र बाहिरी जिल्लाहरुमा समेत पञ्चैबाजा बजाउने तालिम दिएर टिमहरु तयार पारेको र उत्साहजनक रोजगारीको सिर्जना गरेको अध्यक्ष पोखे्रलले बताए । गढवा गाउँपालिकालाई देशका बिभिन्न जिल्लाहरुमा चिनाउन गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रले महत्वपूर्ण भूमिका खेलेको भन्दै यसको संरक्षण, सम्वर्धन, उन्नयन र विकासकालागि स्थानीय सरकारले सधैव सकारात्म सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विरबहादुर आले मगर, वडा सदस्यहरु दिनमणि आचार्य, गोविन्दा रोकामगर, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंमप्रकाश बसेल, हृदयरोग निवारण प्रतिष्ठान लुम्विनीका अध्यक्ष रविलाल आचार्य, गढवा खानेपानीका सचिव खुमानन्द पोखे्रल, शिक्षक कमला भट्ट, नेपाल मगर संघ लमहीका अध्यक्ष केशव घर्तिमगर, जखेरा पञ्चैबाजा महिला समूहका अध्यक्ष शोभा केसी लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष तिलक पुनको स्वागत मन्तब्यबाट सुरु भएको भवन उद्घाटन मारोहको संचालन सल्लाहकार शिवराज पन्थीले गरेका थिए ।

गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रले पञ्चैबाजा तथा नौमतिबाज सहितको बहुसाँस्कृतिक संग्रहालय निर्माण गरि आन्तरीक पर्यटन भित्रायाउने दिगो लक्ष्य राखेको र थप जग्गा तथा भवनको ब्यवस्थापन गरि प्रशिक्षण केन्द्र समेत सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष दयाराम थापाले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]