
Sds
Gisld
Mbdvs
Rbs
Pbu
mbd

Sbs
Pvg
Wsp
Ssm
Rgs
Rgu
Hal
Bbbpu
nsb
Gst
Bbu
Vor
Rgu
Ksm
Tsm
Sls
Asm
Rsb
Ggd

Ptm
Abd
Mks
Jmb
sab
Syp
Jmb
Pls
Gsb
bbt
Rpp
Bml
Rmb
काठमाडौं । बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको छ । आगामी २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानी कार्यक्रम उद्घाटन गर्ने तयारी छ । उनीबाट भृकुटी मण्डपस्थित जडित नयाँ धाराको टुटी खोलेर मेलम्ची पानी उद्घाटन गरिदै छ । त्यस अघिनै आइतबारदेखि मेलम्ची उप-आयोजनाअन्तर्गत आयोजना निर्देशनालयले १५ चैतमा ४ करोड लिटर पानी छाड्ने छ । यसको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरिएको छ ।
त्यसदिन सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाडिनेछ । आगामी २१ चैतमा पानीपोखरी र बाँसबारीस्थित ओभरहेड ट्यांकीमा दैनिक साढे ८ करोड लिटर पानी छाडेर सो प्रणालीबाट वितरण हुने क्षेत्रका उप-भोक्ताका घरमा पानी आपूर्ति हुनेछ । दुई सातापछि भने भक्तपुरमा मेलम्ची पानी छाडिने जनाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।
