
Pbu
Sns
Vic
Pvgdn
Ggd
Smsld


दाङ । देउखुरीको गढवा गाउँपालिका अन्तर्गत बाँकी चोकमा शनिबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ प २९५३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु प्र ०२–००२ प ४३४० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।
त्यस्तै,दुर्घटनामा दुवै मोटरसाइकलमा सवार पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम,ठेगाना र विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन ।
दुर्घटनापछि स्थानीयवासी र प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि लमही अस्पताल पठाएका छन् । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
