
Pbu
Pvgdn
Ggd
Smsld
Vic
Sns


काठमाडौं । आत्मदाहपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै शनिबार काठमाडौंस्थित वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ।
सरकार र सत्तारुढ दलको विरोध गर्दै प्रदर्शनमा सहभागीहरूले विभिन्न नाराबाजी गरेका छन्।प्रदर्शनका कारण उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
गणेश नेपालीको शव हालसम्म आफन्तले बुझेका छैनन्। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
सरकारी पक्षले शुक्रबारदेखि नै नेपालीका परिवारसँग वार्ता गरिरहेको भए पनि हालसम्म कुनै सहमति हुन सकेको छैन।
