Sidha Patra शुक्रबार, चैत्र १३, २०७७

बाँके । बाँकेको कम्दीमा प्रहरीमाथि आक्रमण भएको छ । डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित इलाका प्रहरी कार्यालय कम्दीका प्रहरी जवान श्रवण यादवलाई टिपरमा आएका व्यक्तिहरुले आक्रमण गरेका हुन् ।

गएराति टिपरमा सालको काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा कम्दीका प्रहरी जवान यादवले रोक्न खोजेपछि उहाँमाथि हातपात भएको हो । आक्रमण गर्ने चारै जना फरार छन् । कम्दी नहर तर्फबाट बालुवामाथि सालको काठ लोड गरेर आउँदै गरेको ना ८ ख ८२२८ नम्बरको टिपरलाई रोकेर काठ कम्दी चौकीभित्र लैजान भनेपछि टिपरमा रहेका व्यक्तिहरुले यादवलाई आक्रमण गरी फरार भएको कम्दी चौकीका प्रमुख प्रहरी नायब निरिक्षक लाल बहादुर रानाले बताउनु भयो ।

त्यस्तै ड्युटीमै रहेको प्रहरीलाई आक्रमण गर्दै बर्दी समेत च्यातिदिएको नायब निरिक्षक रानाले जानकारी दिनुभयो । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो । फरार रहेको टिपर र अन्य चार जनाको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। बरामद गरिएका सालका ३ वटा गोलिया र चालकलाई आजै जिल्ला वन कार्यालय बाँके पठाइएको प्रहरी नायब निरिक्षक रानाले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]