
mbd
Mbdvs
Rbs
Gisld
Sds
Pbu

nsb
Bbbpu
Sbs
Bbu
Vor
Tsm
Ksm
Gst
Wsp
Ggd
Sls
Rgu
Hal
Ssm
Rgu
Rgs
Rsb
Asm
Pvg

Jmb
Rmb
Gsb
Pls
Bml
bbt
Ptm
Abd
Mks
sab
Jmb
Rpp
Syp
गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ ।
सामुदायिक वनको सल्लाघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा बिहीबार स्थानीयवासी ७२ वर्षका मोहन फेवाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताउनु भयो ।
दिउँसोदेखि नै सल्किएको डढेलोले जङ्गल छेउमा रहेको विद्युतको फ्युज बक्समा आगलागी भएर आगो लागेपछि अन्य राति स्थानीय वासीसँगै आगो निभाउन गएका मगरको जलेर मृत्यु भएको दाहालले बताउनु भयो ।
त्यहाँका स्थानीय बालबालिकासँगै मृतक मगर राति डढेलो निभाउन गएका थिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक सन्तबहादुर लामाको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारेर शव पोष्टमार्टमका लागि आरुघाट प्राथामिक स्वास्थ्य केन्द्र पठाइएको उहाँले बताउनु भयो ।
