
Snmbs
Pbu
Ges
Dpm
dpm
Snmbs
Sdc
Mbf
Dbc
snmbs
Gesld


दाङ । प्रज्वल स्मृति अध्यन केन्द्र गढवा गाउपालिका ४ परस्पुर देउखुरी दाङ र नेपाल प्रेसयुनियन दाङको सयुक्त आयोजनामा आज पृथु टेक्निकल कलेज बनगाउमा स्थानिय मुद्दाहरुमा स्थानिय पत्रकार र बरिष्ठ पत्रकार राजेन्द्र दाहाल बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
प्रज्वल स्मृति अध्यन केन्द्रका सयोजक मधुसुदन वलीको अध्यक्षता तथा बरिष्ठ पत्रकार राजेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र दाहालले पत्रकारहरुले जहिल्यैपनि नयाँ कुराको खोजि र बिषयको गहिराईलाई तथ्यपरक ढगले सुक्ष्म अध्यन गरि जनताका पक्षमा काम गर्नु पर्नेमा जोड दिनु भयो ।
तिन तहको सरकार गठन भैसके पछि स्थानिय सरकारमा भैरहेको बिकाशका कामहरुले नागरिकको समस्याको सम्बोधन गर्न सकेका छन कि छैनन् स्थानिय सरकार प्रतिको आम नागरिकको अपेक्षा अनुसार र सरकारले काम गर्न सकेका छन वा छैनन् , न्यायिक समिकिो काम कर्तब्य र अधिकार अनुसारको काम भएको छ छैन भन्ने बिषयहरु ऋाम जनचासोको बिषय भएकोले स्थानिय मुद्धाहरुलाई पत्रकारहरुले निश्परक्ष ढंगले पेशागत दायित्व र जिम्मेवारी बहन गर्नका लागी पत्रकारहरु बढि अध्यनशिल र जिज्ञासु हुन आबश्यक रहेको बिचार ब्यक्त गर्नु भयो ।
सो अबसरमा बोल्ने पत्रकारहरुले स्थानिय तहबाट तथ्य सुचना प्राप्त गर्न सहज नभएको सुचना अधिकारीहरु आफ्नो जिम्मेवारीबाट पन्छीन खोज्ने परिपाटि हाबी हुनुका साथै पत्रकार पत्रकार बिचमा पनि मतएक्यता हुन नसक्दा कतिपय मुद्धाउठानमा समेत असहज भएका पत्रकारहरुको भनाई थियो ।
प्रज्ववल स्मृति अध्यन केन्द्रका संरक्षक प्रदिपराज शर्माले कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन दिनु भएको थियोे । नेपाल प्रेस युनियनका जिल्ला सहसचिव शिवराज खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सघ अकोराबका सस्थापक अध्यक्ष तथा रेडियो हाईवेका प्रबनध निर्देशक केपि घिमिरे,प्रेसयुनियन दाङका अध्यक्ष सन्तोष सुबेदी, नेपालपत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाह लगाएतले बोलनुभएको थियो । कार्यक्रमको संचालन प्रज्वल स्मृति अध्यन केन्द्रका संयोजक गोबिन्द वलीले गर्नुभएको थियो ।
