
Rgp
pku
Ggp
cjs
sbs
Unsku
Pbu
Pes
Gfs
Sgr
Djs
Srbpu
Rgp1
Lnp

Rgu
Sbs
Rsb
Asm
Pvg
Bbu
Ggd
Hal
Bbbpu
Wsp
Rgs
Sls
Tsm
Ssm
Gst
Rgu
Vor
nsb
Ksm

Bml
Ptm
Pls
Rpp
Syp
Mks
Jmb
Abd
Jmb
sab
Gsb
bbt
Rmb
दाङ । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङले मेला, महोत्सव र भीडभाड नगर्न आग्रह गरेको छ ।
कार्यालयले आज एक सुचना जारि गर्दै भारत लगायतका देशमा कोरोना संक्रमण बढेकाले दाङ जिल्ला खुल्ला सिमानाको कारण सिमानाकाहरुबाट मानिसको आवतजावत बढिरहेको र शहर एवं ग्रामीण क्षेत्रमा समेत मानिसको भिडभाड हुने गरेकोले सचेत रहन आग्रह गरेको हो ।
त्यस्तै गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार जिल्लामा भिडभाड र मेला महोत्सव गर्नु उचित नदेखिएको कार्यालयको भनाइ छ । कोभिड–१९ को जोखिमबाट बच्न नेपाल सरकारबाट जारी भएका स्वास्थ्य सुरक्षा लगायतको मापदण्ड पालना गर्न सबैलाई अनुरोध गर्ने तथा मापदण्ड उल्लघंन गर्नेहरुलाई संक्रामक रोग, २०२० बमोजिम कारबाही गर्ने कार्यालयको भनाई छ । फागु पूर्णिमा (होली) को अवसरमा भिडभाड हुन नदिन स्वास्थ्य तथा सुरक्षा सम्बन्धि मापदण्डको पालना गरेर मात्र सुरक्षित रुपमा पर्व मनाउन आग्रह गरेको छ ।
त्यसैगरी,जिल्ला प्रशासन कार्यालय दाङबाट विभिन्न कार्यक्रमहरु संचालन गर्नका लागि यसअघि सहमति लिएको भएपनि उक्त अनुमति रद्ध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सुचना मार्फत जानकारी गराउनुु भएको छ ।
