
Pbu
Mbdvs
Gisld
mbd
Rbs
Sds

Pvg
Gst
Ssm
Bbbpu
Bbu
Sls
Ksm
nsb
Hal
Rgu
Wsp
Asm
Tsm
Rgs
Rgu
Vor
Sbs
Ggd
Rsb

Rpp
Mks
Rmb
Gsb
bbt
Jmb
Pls
Bml
Syp
sab
Ptm
Jmb
Abd
काठमाडौं । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न ठेक्का सम्झौता गरेको छ । जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता भएको कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताउनु भएको छ ।
त्यस्तै उहाँका अनुसार जोशी बिज हाउसले प्रति मेट्रिक टन ४७३ अमेरिकी डलरमा मल ल्याउने गरी सम्झौता गरेको हो । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दबाबमा कृषि सामग्री कम्पनीले प्रति मेट्रिकटन ३९१ डलरमा मल ल्याउन परेको टेण्डर रद्ध गरेको थियो । तर अहिले प्रति मेट्रिक टन ८२ डलर (करिब साढे ९ हजार रुपैयाँ) बढी मूल्यमा मल ल्याउन सम्झौता भएको छ । यसरी बढी मूल्यमा ३० हजार मेट्रिक टन मल खरिद गर्दा २४ लाख ६० हजार डलर अर्थात २८ करोड ५० लाख ४० हजार रुपैयाँ राज्यलाई भार थपिने जानकारहरु बताउँछन् ।
कृषि सामग्री कम्पनीले आह्वान गरेको बोलपत्रमा जोशी बिज हाउस काठमाडौं र स्वीस सिंगापुर ओभरसिजले मल ल्याउने प्रस्ताव गरेका थिए । २३ पुस २०७७ मा कम्पनीले मलको लागत तोकेर बोलपत्र खुला गर्दा प्रति मेट्रिक टन स्वीस सिंगापुरले ३९५ र जोशीले ३९१ अमेरिकी डलरमा मल ल्याउन प्रस्ताव गरेका थिए । लागत मूल्यांकन भन्दा ४ डलर बढीमा मल ल्याउन प्रस्ताव परेको र सोही बेला मलको अन्तर्राष्ट्रिय मूल्य अध्यधिक बढेका कारण दुईमध्ये कम बोल कबोल गरेको कम्पनीलाई ठेक्का दिए सरकारी ढुकुटी बच्ने भन्दै कृषि सामग्री कम्पनीले कृषि मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।
तर त्यतिबेला मलको मूल्यबारे अध्ययन नै नगरी मन्त्रालयका कृषितर्फका सचिव डा. योगेन्द्रकुमार कार्कीले लागत बढी परेको कारण देखाएर पुनः नयाँ ठेक्का सुरुआत गर्न कृषि सामग्रीलाई निर्देशन दिएका थिए । तालुक निकायको निर्देशनपछि कृषि सामाग्री कम्पनीले नयाँ ठेक्का प्रारम्भ गर्यो । पछिल्लो पटक पनि जोशी बिज हाउसले नै ठेक्का पायो, तर पहिले भन्दा प्रति मेट्रिक टन ८२ डलर बढी पाउने गरी । मन्त्रालय स्रोतका अनुसार मल खरिदमा कृषि मन्त्री पद्मा कुमारी अर्याल र कृषि सचिव डा योगेन्द्र कुमार कार्कीको प्रत्यक्ष संलग्नता छ । तर उनीहरुले अस्वीकार गर्दै आएका छन् ।
