
Lnp
Gfs
Pes
Rgp1
sbs
Djs
Srbpu
Sgr
cjs
Ggp
Unsku
Rgp
pku
Pbu

Sls
nsb
Rgu
Gst
Hal
Sbs
Rgs
Pvg
Vor
Ssm
Tsm
Ksm
Rsb
Asm
Ggd
Bbbpu
Wsp
Rgu
Bbu

Jmb
Rmb
Mks
Rpp
Ptm
sab
Gsb
bbt
Bml
Abd
Jmb
Syp
Pls
जुनसुकै मात्रामा मदिरा सेवन गरिए पनि यसले स्वास्थ्यमा हानि नै पु-याउने निष्कर्ष विभिन्न अध्ययनले निकालेका छन् । लामो अवधिसम्म मदिरा सेवन गर्नेमा मानसिक तथा शारीरिक रूपमा नकारात्मक असर देखापर्ने गर्छ ।शारीरिक क्षति, दिमागले सही तरिकाले काम नगर्ने, शरीर अनियन्त्रित हुने तथा अन्य दीर्घकालिन रोग लाग्ने गर्छन् । कतिपयका हकमा मदिरा सेवन नै मृत्युको मुख्य कारणसमेत बन्ने गरेको पाइन्छ । काठमान्डौ मोडेल अस्पतालका डा. अभिनव दाहालले मदिरा सेवनले हुने असरको बारेमा सङकलन गर्नुभएको सामग्रि यस्ता छन । जो जिवन उपयोगि शिक्षाको रुपमा लिन सकिन्छ ।
कलेजो रोग
मदिरा सेवनले शरीरका विभिन्न प्रणालीमा असर गरिरहेको हुन्छ । अत्यधिक मात्रामा मदिरा सेवन गर्दा कलेजोमा हानि पुग्छ । यसले फ्याटी लिभरको सम्भावना बढाउँछ । लगातार कलेजोमा बोसोको मात्रा बढ्दै गएपछि सिरोसिस नामक रोग लाग्ने सम्भावना अधिक हुन्छ । सिरोसिस भएमा कलेजोले काम नै गर्न नसक्ने अवस्था समेत निम्तिन सक्छ, जसले मानिसलाई मृत्युको मुखमा धकेल्छ । मदिरा सेवनले हुने सिरोसिस रोगको उपचार कलेजो प्रत्यारोपणबाट मात्रै सम्भव छ ।
प्यांक्रियाटाइटिस
लामो समयसम्म मदिरा सेवन गर्दा पाचन ग्रन्थीमा समस्या देखिन्छ, जसकारण पाचन प्रणालीले राम्रोसँग काम गर्न सक्दैन । यसलाई चिकित्सकीय भाषामा अल्कोहोलिक प्यांक्रियाटाइटिस भनिन्छ । पाचन प्रणालीसम्बन्धी बिरामीमध्ये झन्डै ७० प्रतिशतमा अल्कोहल सेवनकै कारण यस्तो समस्या निम्तिन्छ ।
क्यान्सर
मदिरा सेवन विभिन्न क्यान्सरको कारणसमेत बन्ने गरेको छ । मुख, पेट, कलेजो, स्तन आदिको क्यान्सर अल्कोहल सेवन गर्ने मानिसमा अत्यधिक हुने गर्छ । मदिरा सेवनका साथै धूम्रपान गर्ने मानिसमा अन्यको तुलनामा क्यान्सरको खतरा दोब्बर रहन्छ ।
ग्यास्ट्राइटिस र अल्सर
लगातार मदिरा सेवनले पाचन प्रणाली र पेटसम्बन्धी समस्या सिर्जना गर्छ । पेटमा अम्लपित्त बढेर ग्यास्ट्राइटिस र अल्सर हुन्छ । पाचन प्रणालीमा पर्ने असरका कारण कतिपय अवस्थामा पेटको आन्द्रामा रक्तश्राव हुने सम्भावना उच्च रहन्छ ।शारीरिक क्षति, दिमागले सही तरिकाले काम नगर्ने, शरीर अनियन्त्रित हुने तथा अन्य दीर्घकालीन रोग लाग्ने गर्छन् । कतिपयका हकमा मदिरा सेवन नै मृत्यु्को मुख्य कारणसमेत बन्ने गरेको पाइन्छ ।
प्रतिरक्षा प्रणालीमा असर
मदिरा सेवन गरिरहने मानिसको रोगप्रतिरोधात्मक क्षमतामा बिस्तारै ह्रास आउन थाल्छ । प्रतिरोधी क्षमता कमजोर भएपछि निमोनिया, क्षयरोग लाग्ने सम्भावना उच्च रहन्छ । यसले रक्तकोष तथा कोषिका नष्ट गर्छ । अत्यधिक मदिरा सेवन सेवन गर्दा सेता रक्तकोष उत्पादनमा बाधा पुग्छ ।
मस्तिष्कमा क्षति
मदिरा सेवन गर्ने मानिसमा आँखाको दृष्टिमा समस्या आउने, सम्झन गाह्रो हुने, ढिला बोल्ने वा प्रतिक्रिया ढिला दिने, बिस्तारै हिँड्नेजस्ता समस्या देखापर्छन् । यी सबै मस्तिष्क क्षतिका लक्षण हुन् । मदिरा सेवनले व्यक्तिको सिर्जनात्मक ज्ञान र दिमागमा हस्तक्षेप गर्ने हुँदा मस्तिष्कका रिसेप्टर नष्ट हुन्छन् र मानिसलाई साधारण समस्या सुल्झाउन पनि गाह्रो पर्छ । यसरी यसले शारीरिक तथा मानसिक समस्या सिर्जना गर्छ ।
मुटुमा समस्या
अत्याधिक मदिरा सेवनले शरीरमा ट्राइग्लिसराइड (रगतमा एकप्रकारको बोसो)को स्तर बढ्न सक्छ । ट्राइग्लिसराइडको उच्च स्तरले खतरनाक स्वास्थ्य अवस्था, जस्तैः हृदयरोग र मधुमेहको विकास हुन सक्छ । मदिरा सेवनबाट मुटुमा देखिने सुरुवाती समस्या भनेको उच्च रक्तचाप तथा अनियमित मुटुको धड्कन हो, जसले मुटुसम्बन्धी रोग तथा मस्तिष्कघातको जोखिम बढाउँछ ।
दुर्घटना र चोटपटक
मदिरा सेवन सेवनले दुर्घटना र चोटपटक निम्त्याउने जोखिम रहन्छ । सवारी दुर्घटना, घरेलु हिंसा, आत्महत्या, बलात्कारलगायत घटनामा मदिरा सेवन प्रमुख कारक बन्ने गरेको छ । तसर्थ, यस्ता समस्याबाट टाढै बस्न मदिरा सेवन पूर्ण रूपमा बन्द गर्नुपर्छ ।
