
gst
Rgs
Ksm
mbd
Mbdvs
Gmk
Anm
Sds
Gisld
Pbu
Rbs

Vor
Sbs
Pvg
Ksm
Ssm
Rgs
Sls
Wsp
Rsb
Asm
Rgu
Tsm
Bbbpu
Gst
Rgu
Bbu
Hal
Ggd
nsb

Mks
sab
Syp
Ptm
Abd
Jmb
Gsb
Pls
Bml
Rmb
Jmb
Rpp
bbt
अर्घाखाँची । नेपाल मगर संघका पुर्ब केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोका मगरले रोल्पाली जनता एकजुट भएमात्र रोल्पाको समग्र विकासले गति ल्याउने बताएका छन् ।
बुधबार रोल्पाली एकता समाजले अर्घाखाँचीको शीत गंगा नगरपालिका वडा नम्बर ८ बाघमारेमा आयोजना गरेको रोल्पालीसंगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष रोकाले सो कुरा बताएका हुन् । उनले विगतमा भएको हरेक विकासको कार्यमा राजनीतिको कारणले रोल्पा अझैसम्म पछि परेको हुँदाले अब राजनीति नहेरेर व्यक्ति हेर्नुपर्ने बताए ।
पञ्चायतकालमा स्वर्गीय नेता बालारम घर्ती मगरले रोल्पाको समग्र विकासका निम्ति खेलेको भूमिकाको स्मरण गर्दै अध्यक्ष रोकाले अब रोल्पाली जनताहरु एकजुट भएमात्र रोल्पाको विकासले मुहार फेर्ने बताए । धेरै समयपछि रोल्पाली जनसंग अन्तरक्रिया गर्ने मौका पाएका अध्यक्ष रोकाले आफु नेपाल मगर संघको केन्द्रीय अध्यक्ष हुँदा मगर संघलाई पश्चिम् तिर बिस्तार गरि सम्पूर्ण मगरलाई गोलबद्ध गर्न सकेको बताए ।
त्यस्तै,उनले रोल्पाको बडाचौरमा रहेको एरपोटलाई पुन:संचालन गर्ने योजनाका लागि आन्तरिक रुपमा लागि रहेको भएपनि भित्रभित्रै अन्य स्थानमा सार्नुपर्ने केही व्यक्तिहरुमा छलफल चलिरहेको आफुले जानकारी पाएको बताए । तर उनले उक्त एरपोटको स्तरलाई वृद्धि गरि पुनः उक्त स्थानदेखि नै हवाई जहाज उडाउने सोचका साथ आफू लागि रहेको बताए । यस्तै उनले रोल्पाको सडक संजाल,शिक्षा,स्वास्थ्य,विद्युत,खानेपानी लगायतको विकासमा फड्को मार्ने गरि अघि बढ्ने हो भने सोच बदल्नु पर्ने उनको धारणा रहेकोे थियो ।
रोल्पली एकता समाजका अध्यक्ष जितबहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल मगर संघका निवर्तमान महासचिव जयप्रकाश बुढा मगर,नेपाल मगर संघका केन्द्रीय निवर्तमान सदस्य भिमप्रकाश पुन,नेपाल मगर संघ लुम्बिनी प्रदेशका महिला उपाध्यक्ष तथा केन्द्रीय भाषिक उपाध्यक्ष इराधा झाक्री मगर,रोल्पाली एकता समाजका संस्थापक सदस्य बिस्पुरा घर्ती मगर लगायतले आफ्नो बिचार व्यक्त गरेका थिए ।

