
Dus
Rgp
Dbs
ksb
Ggp
Asb
Lnp
Rgp
lnp
Usb
Rgp
Lks
Rgp
Sgp
Ggp
Jns


दाङ । देउखुरीको गढवा र राजपुरमा समुदायमा आधारित कार्यसंजाल संस्थाको रुपमा कार्यरत दक्षिण देउखुरी अधिकार मञ्चको छैठौं बार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रम सोमवार गढवाको बाँकीमा समपन्न भएको छ ।
मंञ्चका अध्यक्ष देवराज कुँँवरको अध्यक्षतामा भएको कार्यक्रममा सो संस्थाले २८ लाख ९७ हजारको लागतमा तयार गरेको नव निर्मित भवनको बोर्ड अनावरण गरी गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले उद्घाटन गर्नु भएको हो । त्यस्तै सो भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले समुदायका सिमान्तकृत वर्गलाई संगठित गरि उनीहरुको जिविकोपार्जनमा टेवा पुग्नेगरी दक्षिण देउखुरी अधिकार मंचले काम गरिरहेको बताउनु भएको छ । स्थानीय सरकारको आशयलाई यो मंञ्चले समात्न सफल भएको भन्दै अध्यक्ष यादवले गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
यस्तै दक्षिण देउखुरी अधिकार मंचले गढवा र राजपुर गाउापालिकामा कुल ९ सय २ जना सदस्य बनाएको,५ हजार ४ सय १२ जनसंख्यालाई लाभान्वित हुने कार्यक्रमहरु संचालन गरेको र ५ वटा मुल समितिहरु बनाएर ४३ वटा समुहहरु परिचालन गरेको अध्यक्ष देवराज कुँवरले जानकारी दिनु भयो । सो मञ्चको भवन निर्माणका लागि गढवा गाउँपालिकाले १० लाख,सहकर्मी समाजले १० लाख १० हजार र समुदायको आन्तरिक लगानी ८ लाख ८७ हजार रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
यसैगरी उक्त भवन निर्माणका लागि १ कठ्ठा जग्गा गढवा ६ प्रगतिनगर निवासी लेखबहादुर थापा र द्रोणप्रसाद आचार्यले उपलब्ध गराएको भन्दै कार्यक्रममा जग्गादाता दुवैलाई दोसल्ला र सम्मान–पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा सहकर्मी समाज नेपालका कार्यकारी निर्देशक अमरबहादुर ऐर, गढवा उद्योग बाणिज्य संघका दिनमणि आचार्य, गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्त, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी, नेकपा माओबादी केन्द्रका सर्बजित घर्ति मगर, जनता समाजवादी पार्टीका रिता यादव, राष्ट्रिय जनमोर्चाका गुणनिधि शर्मा, यादव समाज सेवा संघका मिन्तीराम यादव, नाम्सालिङ समाजका शसांक आचार्य, सहकर्मी समाज दाङका संयोजक पुनाराम पन्थी, जनप्रतिनिधी गोबिन्द ओली र स्थानीय समाजसेवी अंजिता चौधरी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव शोभा रावतले संस्थागत प्रतिवेदन र लेखापाल पुजा चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । मंञ्चका संस्थागत अध्यक्ष रामप्रताप यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शिबकुमार चौधरीले गर्नु भएको थियो ।
