
Mbdvs
Sds
Pbu
Gisld
mbd
Rbs

Asm
Rgu
Gst
Wsp
nsb
Rgu
Vor
Sbs
Ggd
Pvg
Hal
Bbbpu
Rsb
Tsm
Bbu
Ssm
Ksm
Sls
Rgs

bbt
Syp
Rpp
Rmb
Gsb
Mks
Ptm
Pls
Jmb
sab
Abd
Bml
Jmb
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बाघको छाला र हड्डीसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का ५० वर्षीय गंग बहादुर खत्री, सोही ठाउँका २० वर्षीय प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका वडा नम्बर ४ का ३९ बर्षीय चन्द्र अधिकारी र जुम्ला तिला गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षीय जयलाल नेपाली रहेका छन् ।
उनीहरुलाई सोमबार साँझ ६ बजे बैजनाथ गाउँपलिका वडा नम्बर १ च्यामा स्थित सुर्खेत-कोहलपुर सडक खण्डबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ परेकाको साथबाट पाटेबाघको छाला १ थान र हड्डी २ किलो ५०० ग्राम बरामद गरि थप अनुसन्धानका लागि बाँके राष्ट्रिय निकुन्जको कार्यालयमा पठाउने तयार भई रहेको बाँके प्रहरीले जनाएको छ।
