Sidha Patra शनिबार, चैत्र ०७, २०७७

काठमाडौं । मुलुकमा थप ७९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६३७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ७९ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ । जसमा महिलाको संख्या ९६ हजार ८३५ (३५.११ प्रतिशत) र पुरुषको संख्या १ लाख ७८ हजार ९९४ जना (६४.८९ प्रतिशत) रहेको छ ।

पछिल्लो २४ घण्टामा ८२ संक्रमित निको भए, ० को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८२ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ८१५ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सढ ९८ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३७ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख ३३ हजार ३४५ जनाको पीसीआर परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]