
Djs
Ggp
Sgr
Lnp
Unsku
Gfs
pku
Pbu
Srbpu
cjs
Rgp
Rgp1
Pes
sbs

Hal
Pvg
nsb
Rgs
Rgu
Ssm
Vor
Sls
Bbu
Rgu
Tsm
Bbbpu
Wsp
Gst
Ksm
Sbs
Asm
Ggd
Rsb

Mks
Abd
Rpp
Gsb
Syp
Jmb
bbt
Pls
sab
Rmb
Ptm
Jmb
Bml
काठमाडौं । मुलुकमा थप ७९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६३७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ७९ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ । जसमा महिलाको संख्या ९६ हजार ८३५ (३५.११ प्रतिशत) र पुरुषको संख्या १ लाख ७८ हजार ९९४ जना (६४.८९ प्रतिशत) रहेको छ ।
पछिल्लो २४ घण्टामा ८२ संक्रमित निको भए, ० को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८२ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ८१५ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सढ ९८ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३७ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख ३३ हजार ३४५ जनाको पीसीआर परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ ।
