
Sdc
dpm
Snmbs
Dpm
Mbf
Snmbs
Gesld
Ges
snmbs
Dbc
Pbu


दाङ । जिल्ला उद्योग वाणिज्य संघको ५१ औँ स्थापना दिवसका अवसरमा शनिवार भएको भलिबल प्रतियोगितामा मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघको वियी भएको छ । प्रतियोगीतामा ४ वटा बस्तुगत समितिहरुले सहभागिता जनाएका थिए । फाईनल खेल फेन्सी व्यवसायी समिति र मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघबीच खेल भएको थियो ।
फाईनल खेलमा मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघले फेन्सी व्यवसायी समितिलाई २५–१६, २५–१५ को सोझो सेटमा पराजित गरेको थियो । पहिलो खेलमा फेन्सी व्यवसायी समितिले सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिलाई २५–१३, २५–१९ को सोझो सेट हराउँदै फाईनलमा पुगेको थियो । दोश्रो खेलमा मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघले फोटो व्यवसायी समितिलाई २५–२२, १८–२५ र १३–१५ को सेटमा जिह हासिल गरेको थियो । यसैबीच, दाङ जिल्ला उद्योग वाणिज्य संघ र गढवा उद्योग वाणिज्य संघबीच भएको मैत्रीपूर्ण भलिबलमा गढवा उद्योग वाणिज्य संघको टोली विजयी भएको भलिबल प्रतियोगिता उपसमिति संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
त्यस्तै गढवा उद्योग वाणिज्य संघले दाङ जिल्ला उद्योग वाणिज्य संघलाई २५–१३, २५–११ सोझो सेटमा विजयी भएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रम संघका अध्यक्ष टंक सिंह बुढाथोकीको अध्यक्षता तथा संघका पूर्व अध्यक्ष चन्द्रराज पन्तको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजिकरण सचिन नरेशकुमार श्रेष्ठले गर्नु भएको थियो । वि स २०२७ सालमा स्थापित दाङ जिल्ला उद्योग वाणिज्य संघ राप्तीको पुरानो संस्था हो । संस्थाको स्थापना दिवस भव्य रुपमा मनाउन उद्योगी व्यवसायी बीच मैत्रीपूर्ण खेल देखि विभिन्न प्रतियोगिता संचालन गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिनु भयो ।
जस अन्तरगत संघले उद्योगी व्यवसायीको विभिन्न बस्तुगत समितिबीच खेलकुद प्रतियोगिता गरिएको थियो । उद्योगी व्यवसायी बीचको सम्बन्ध थप बलियो बनाउन र स्वास्थ्यका लागि खेल आयोजना गरिएको संघका अध्यक्ष टंक सिंह वुढाथोकीले बताउनु भयो । संघले स्थापना दिवसको अवसरमा व्यवसायीहरु विच मैत्रिपुर्ण फुटबल, भलिबल, स्लो बाईक, कुर्सी दौड, स्लो स्कुटी, घैटा फोड, वक्तृकला र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरि सकेको छ । संघले अब आईतबार संघको कार्यालयमा रक्तदान कार्यक्रम गर्ने जनाएको छ । यही चैत ९ गते घोराहीमा भव्य समारोहका बीच स्थापना दिवस मनाईने भएको छ ।
