
Rgp1
cjs
Pbu
Srbpu
Sgr
Rgp
Pes
Gfs
Djs
Ses
Ggp
Unsku
pku
Lnp

Wsp
Sbs
Sls
Rgu
Asm
Pvg
Hal
Vor
Bbu
Ggd
Rgs
Rgu
Ssm
nsb
Bbbpu
Gst
Tsm
Rsb
Ksm

sab
bbt
Jmb
Abd
Pls
Mks
Rmb
Syp
Jmb
Gsb
Ptm
Rpp
Bml
मुगु । जिल्लाको मुगुम कार्मारोगं गाउँपालिका वडा नं ८ मा रहेको च्याप्ने गाड जलविद्युत आयोजना २० वर्ष बिति सक्दा पनि हालसम्म बन्न सकेको छैन । २०५८ सालमा बाट स्थापना भएको च्याप्ने गाड जलविद्युत आयोजना सन्चालन भएको २० बर्ष भन्दा बढी समय बिती सक्दा पनि हाल सम्म सन्चालनमा आउन नसकेको हो ।
यो जलबिधुत आयोजना बाट २५ किलो वाट बिद्युत उत्पादन गर्ने क्षमता रहेको दुई वटा गाउ माग्री र मह गाँउमा बस्ने ३ सय भन्दा बढी घरधुरीलाई लक्षीत पारी निमार्ण गरीएको थियो । उक्त आयोजना बाट करोडौं रकम हिनाबिना भएको र टाठा बाठाहरुले मात्र उपभोक्ता समितिमा बसि मागि खाने भाडो बनाएको बताईएको छ । साबिकको जिल्ला बिकास समितिको कार्यालय मुगु अन्तरगर्त रहेको दुर्गम बिकास क्षेत्र बाट सञ्चालीत यस च्याप्नेगाढ साना जलबिधुत आयोजनाको जिम्मा पाएको राधा कन्ट्रक्सनले ५८ लाखमा ठेक्का लिएको र ठेक्कादरले मेकानिकल पाटो सामान खरीद ढुवानि खरीद आयोजना स्थल पुर्याउने र अन्य ढुङ्गगा, माटो, नहर बनाउने मर्मत उपभोक्ता समितीबाट गर्ने गरी सन्चालन भएको यो आयोजनस्थल धेरै नहुदा हुदै काम खटीएका प्राबिधिले प्राबिधिक हिसावले डिजाइन स्टमेट अनुसार सम्पन्न काम काज भई पावर हाउममा बत्ति बाली मह, माग्री गाउँमा बतीले झिलीमिली भई सकेको दुर्गम बिकास क्षेत्रले जिल्लाबाट प्रतिबेदन दिई सकेको कागजी रुपमा सम्पन्न काम भएको रिपोर्ट साबिकको जिबिस अन्तरगत दुर्गम बिकास क्षेत्र बाट रीपोटमा पास भएता पनि अहीलेसम्म कुनै काम नहुदा बिगतमा उपभाक्ताका अध्क्षय माग्री गाउँका राप्क्या लामाले काम नगरेको र बिघुत आयोजनाको जिम्मा पाएको राधा कन्टक्सनले कुनै काम नगरेको सामान आयोजना स्थालमा नपुराएको भष्टचार गरेको भन्दै पुनः आफ्नो अध्क्षयतामा नयाँ समिति गठन गरी धेरै काम भई सकेको पछिल्लो समयमा विद्युत निमार्णको लागि बिभिन्न दाताहरुको खोजी भई रहेको छ बर्तमान विद्युत समितिका अध्क्षय सोनाम लामाको भनाई रहेको छ ।
विगत २०५८ सालबाट यस आयोजना बनाउनको लागी धेरै समिति हेरफेर भैसकेका छन । तर विद्युत निमार्ण हुन सकेको छैन्न । विद्युत निमार्णको लागी भएको खर्च २६ लाख दुर्गम बिकास कोषको, साबिकको माग्री गाबिसको ५वडा देखी ९ बडा सम्म लक्षीत कार्याक्रमको ८ लाख ९० हजार, नेपाल जलवायू परीवता कार्याक्रम लापाको ९ लाख १० हजार, संसद बिकास कोष लगायत अन्य बिभिन्न निकायको सहयोग गरी ५० लाख र गमगाढ साना जलबिधुत आयोजनाको २० लाख रकम गरि जम्मा १ करोड १४ लाख भन्दा बढि रकम खर्च भई सकेको छ ।
गर्त बर्ष मात्र विद्युत पावर घरमा मात्र केही दिनको लागी मात्र बत्ति बल्याे, गाँउमा रहेको जनताहरुले बत्ति देखेको छैन्न । यता च्याप्ना गाड जल विद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष सोनाम छिरिङ्ग लामाका अनुसार आर्थिक अभावका कारण हालसम्म विद्युत बल्न नसकेको बताए । यहाको स्थानीय सरकार मुगुम कार्मारोगं गाउपालिकाले कुनै पनि तहबाट सहयोग नगर्दा अहिलेसम्म अलपत्रमा परेको जानकारी दिनु भयो । लामाले भने “हाम्रो नजिकको सरकार स्थानीय सरकार हो , गाउपालिकाको आसमा थियौ, यो गाउपालिकाले थोरै भए पनि सहयोग गरि दिएको भए बत्ति बल्ने सम्भावना प्रवल रहेको बताउनु भएको हो ।”
आयोजनाको नाममा आएका विद्युतका पोल, अन्य तारवारहरु अलपत्र अवस्थामा परेका छन् भने स्थानीय बासिहरु अध्यारोमा बस्न बाध्य भएका छन् । विद्युत नवल्दा बिशेष गरेर बालवालिका लाई पठनपाठनमा प्रभावित भएका छन् भने वृद्धवृद्धाहरु लाई पनि झन सास्ती हुने गरेको बताईएको छ । पोलको लागि गमगाड साना जलविद्युत आयोजना मुगुले २ वर्ष अगाडी २० लाखमा ठेक्का गरि स्थानीय ठेकेदारले ठेक्का लिएको पोलहरु आयोजना स्थलमा नपुगेकाे अध्यक्ष लामाको भनाई छ । यस माग्री गाँउका स्थानिय बासीका अनुसार पहिले अध्क्षय राप्क्यालामा शसस्त्र द्वन्दको अबस्थामा माओबादीले अबरोध गरेर पछी सरेको थियो । बत्ति बाल्ने सपना अधुरो भयो प्रत्येक दशैमा बत्ति बल्छ भन्छन आशामात्र देखाउन्छन, बाटाटाढाले मागी खाने भाडो भएको छ अन्य बिभिन्न संध सस्थाले सोलर बत्ति दिर्ने थियो यही च्याप्ने जलबिधुतको कारण सघ सस्था बाट पाउने बत्ति बाट पनि बन्चि भएको गुनासो स्थानियबासीको छ ।
“सरकारले ठगेको हो की ठेकेदारले ठगेको हो की उपभोक्ता समितीले ठगेको हो अहीलेसम्म बत्ति बनेको छैन बत्ति बल्छ भनेर काठको पोल निकालेको हो । नदिबाट आवत जावतको लागी धेरै काठे पुल लगाईयो नत बत्तिको पोल रहे नत काठे पुल रह्यो र सुरुमा बत्ति बाल्दा खेरि प्रत्येक घर बाट ५०/५० रुपैया उठाइएको काम गर्न पनि गईयो न त कामको पैसा पायो न त बत्ति बाल्न पाइयाे” स्थानीय छिरिङ टुङडुङ लामाले बताए । आसाको मात्र भयो बत्ति बाल्ने धोका पुरा नहुने भयो माग्री गाउाका ५६ वर्षका छेवाङ्ग दोजे लामाले बताएका छन । यो च्पाप्नो गाढ साना जलविद्युत आयोजना काम सुरु भएको २० वर्ष बितिसक्दा पनि कुनै पनि काम सम्पन्न भएको छैन । राज्यको लगानि बालुवामा पानी भएको छ भने सरोकारवाला निकाय, स्थानिय सरकार माैन भएका छन । आयोजनास्थल कुनै पनि औजार उपकरण विद्युत सामाग्री कुनै पनि छैनन । भएका सामनहरु पनि खिया लागेका छन् भने अधिकांस सामाग्रीहरु पनि भग्नावेशेष अवस्थामा फालिएका छन् ।
