
mbd
Pbu
Gisld
Rbs
Mbdvs
Sds

Ggd
Sbs
Rgu
Wsp
nsb
Pvg
Bbbpu
Bbu
Hal
Rsb
Sls
Rgs
Asm
Tsm
Rgu
Ksm
Ssm
Vor
Gst

Rpp
Ptm
Gsb
Rmb
Jmb
Mks
bbt
Syp
Jmb
Pls
Abd
Bml
sab
दाङ । देउखुरीको राप्ती उद्योग वाणिज्य संघ भालुबाङको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले बुधवार निर्वाचन तालिका सार्वजनिक गरेको छ । बुधवार बेलुका सम्म दिएको समय अवधीमा उम्मेदवारहरु बीच सहमती हुन नसकेपछि निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गर्नु परेको निर्वाचन समितिका संयोजक टोपबहादुर झार्कीले जानकारी दिनु भएको हो ।
त्यस्तै निर्वाचन कार्यतालिका अनुसार २०७७ चैत्र ८ गते विहान १० वजे मतदाता नामावली प्रकाशन, चैत्र ९ गते विहान १० वजे देखि दिउँसो ३ वजे सम्म छुटेका मतदाताहरुको नामावली अद्यावधी गर्ने र मतदाता उपर दावी विरोध, चैत्र १० गते विहान १० वजे अन्तिम मतदाता नामावली प्रकाशन, सोही दिन दिउँसो १ वजे सम्म उम्मेदवारी दर्ता, सोही दिन साँझ ४ वजे उम्मेदवारी नामावली प्रकाशन, चैत्र ११ गते दिउँसो १२ वजे सम्म उम्मेदवारी माथि दावी विरोध, सोही दिन दिउँसो २ वजे सम्म उम्मेदवारी फिर्ता र सोही दिन दिउँसो ३ वजे अन्तिम उम्मेदवारी नामावली प्रकाशन, सोही दिन साँझ ५ वजे निर्वाचन चिन्ह प्रदान, चैत्र १३ गते साँझ ७ वजे सम्म प्रचार–प्रसार, सोही दिन साँझ ८ वजे देखि चैत्र १४ गते विहान ८ वजे सम्म मौन अवधी रहने छ । चैत्र १४ गते विहान ८ वजे देखि दिउँसो २ वजे सम्म मतदान हुने निर्वाचन समितिका संयोजक झार्कीले जानकारी दिनु भएको छ । मतदान उद्योग वाणिज्य संघको कार्यालय परिसरमा हुने निर्वाचन समितिले जनाएको छ ।
यता संघको नयाँ नेतृत्व चयनका लागि २ वटा प्यानल चुनावी मैदानमा जाने निश्चित देखिएको छ । निर्वाचनमा जानको लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राजमोको समर्थनमा संयुक्त प्यानल बनाई अध्यक्ष पदका लागि सुरज खडकालाई अगाडी सारेको छ । उसले वरिष्ठ उपाध्यक्षमा बाबुराम थापा, उपाध्यक्षमा प्रेम केसी, महासचिवमा नारायणप्रसाद शर्मा, सचिवमा भरतमणी न्यौपाने, कोषाध्यक्षमा श्रीधर खत्री र सदस्यहरुमा कृष्णराज पौडेल, घमानसिंह रावत, हनुमान चौधरी, रोशन चौधरी र विक्रम पाण्डेलाई अगाडी सारेको छ ।
भने जसपाको तर्फबाट टोपबहादुर कार्कीको नेतृत्वमा स्वतन्त्र व्यवसायिक प्यानल चुनावी मैदानमा जाने जसपाका दाङ जिल्ला अध्यक्ष तथा संघीय परिषद् सदस्य होमप्रसाद शर्माले जानकारी दिनु भएको छ । सो प्यानलले अन्य पदाधिकारी हरुको नामावली भने पछि सार्वजनिक गर्ने बताएको छ । जसपाले आफ्नो अडान नछोडेपछि सहमति हुन नसकेको राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले जानकारी दिनु भयो । यता स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका ऋषिराम आचार्यले भने आफ्नो उम्मेदवारी फिर्ता लिउनु भएको छ । राजनीतिक सहमतीका आधारमा आफुले उम्मेदवारी फिर्ता लिएको आचार्यले बताउनु भयो ।
