
Rbs
Mbdvs
Pbu
Gisld
Sds
mbd

Sls
Bbu
Ssm
Hal
Asm
Pvg
Ggd
Ksm
Rgu
Sbs
Bbbpu
Rgs
nsb
Vor
Rgu
Gst
Wsp
Tsm
Rsb

bbt
Pls
Rmb
Abd
Bml
Rpp
Ptm
Gsb
Syp
sab
Jmb
Mks
Jmb
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रिपरिषद्का सबै सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ उक्त विवरण सार्वजनिक गरेको हो।
नयाँ सरकार गठन भएपछि मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै उठिरहेका प्रश्नबीच सरकारले यो विवरण सार्वजनिक गरेको हो। सम्पत्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया र टिप्पणीहरू आउन थालेका छन्, विशेषगरी मन्त्रीहरूको गरगहना (सुन, चाँदी, हिरा) सम्बन्धी विवरणलाई लिएर चासो बढेको छ।
सार्वजनिक विवरणअनुसार उद्योगमन्त्री गौरी कुमारीको सुन
सबैभन्दा धेरै देखिएको छ। उनले आफ्नो सम्पत्तिमा १८० तोला सुन रहेको उल्लेख गरेकी छन्। त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाह ले १९० तोला गरगहना रहेको जनाएका छन्, तर त्यसमा सुन, चाँदी वा हिरा भनेर छुट्टै विवरण दिएका छैनन्।
अन्य मन्त्रीहरूको गरगहना विवरण पनि सार्वजनिक गरिएको छ। गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला, श्रममन्त्री रामजी यादवसँग ८० तोला सुन रहेको उल्लेख छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले ४५ तोला सुन रहेको बताएका छन् भने भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र स्वास्थ्यमन्त्री निशा मेहेतासँग ३०–३० तोला सुन रहेको छ।
त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र शिक्षामन्त्री सस्मित पोखरेलसँग २५–२५ तोला, परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला, महिला बालबालिकामन्त्री सीता वादीसँग १८ तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र कानुनमन्त्री सोविता गौतमसँग १५–१५ तोला, पर्यटनमन्त्री खडकराज पौडेलसँग ११ तोला, सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग करिब ७ तोला तथा कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग ५ तोला सुन रहेको जनाइएको छ।
