
Sds
Pbu
Gisld
mbd
Mbdvs
Rbs

Bbu
Asm
Sbs
nsb
Rgs
Bbbpu
Rgu
Rsb
Gst
Sls
Ggd
Pvg
Rgu
Hal
Wsp
Ssm
Tsm
Ksm
Vor

Jmb
bbt
Mks
Pls
Rmb
sab
Gsb
Jmb
Ptm
Rpp
Bml
Syp
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङखोलामा अवस्थित ज्योति आधारभूत विद्यालयमा बिहीबार आज एक विशेष कार्यक्रमका बीच विद्यालय सुधार तथा अभिभावक भेला भव्य रुपमा सम्पन्न भएको छ ।
शिक्षा क्षेत्रको समग्र सुधार,विद्यार्थीको भविष्य सुनिश्चितता र गुणस्तरीय शिक्षाको विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय अभिभावक,शिक्षक,जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य रुपसिका मल्लको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि बुढाथोकीले विद्यालयले हालै पालिका स्तरमा उत्कृष्ट नतिजा हासिल गरी प्रथम स्थान ओगट्न सफल भएकोमा विद्यालय परिवारलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरे । उनले गाउँपालिकाले सञ्चालन गर्दै आएको निःशुल्क शिक्षा तथा टिउसन कक्षाले सकारात्मक परिणाम दिएको उल्लेख गर्दै आफ्नो कार्यकालभर शिक्षा सुधारका लागि आवश्यक हरेक पहल गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारे ।
कार्यक्रममा सहभागी अभिभावकहरुले पनि गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानी तथा निःशुल्क टिउसन कक्षाको व्यवस्था प्रति आभार व्यक्त गर्दै विद्यालय सुधारका लागि रचनात्मक सुझाव प्रस्तुत गरेका थिए । अभिभावकहरुको तर्फबाट अब निजी (बोर्डिङ) विद्यालयभन्दा सरकारी विद्यालयमै गुणस्तरीय शिक्षा प्राप्त हुन थालेको विश्वास व्यक्त गर्दै आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्ने प्रतिबद्धता समेत जनाइएको थियो ।
त्यस्तै कार्यक्रममा शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बासुदेव खनालले बालबालिकाको भविष्यप्रति विद्यालय र गाउँपालिका दुवै उत्तिकै जिम्मेवार रहेको बताए । उनले प्रत्येक बालबालिकालाई विद्यालयसम्म ल्याउने र उनीहरुको उज्ज्वल भविष्य निर्माण गर्ने अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा महत्वपूर्ण शैक्षिक सुधारका योजनाहरु पनि सार्वजनिक गरिएको छ ।
यसैगरी अबदेखि ई.सि.डी. कक्षा पूरा गरेका बालबालिकालाई के.जी.कक्षामा अध्ययन गराइने र त्यसपछि मात्र कक्षा १ मा भर्ना गरिने व्यवस्था लागू गरिने जानकारी दिइयो । साथै नयाँ शैक्षिक सत्रदेखि राजपुर गाउँपालिकाभर कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरिने र आगामी वर्षहरुमा यसलाई क्रमशः उच्च कक्षासम्म विस्तार गरिने घोषणा गरिएको छ ।
कार्यक्रममा राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल,वडा नम्बर १ का वडा अध्यक्ष सूर्यप्रसाद चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष तथा सामाजिक विकास सह–संयोजक ओम प्रकश यादब लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमबाट शिक्षा सुधारको स्पष्ट योजना, स्थानीय तहको सक्रियता र अभिभावकहरुको विश्वासले अब सरकारी विद्यालयहरु पनि गुणस्तरीय शिक्षाको केन्द्र बन्न सक्ने संकेत देखिएको छ । आज सम्पन्न भएको वृहत अभिभावक भेला कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक दिल बहादुर शाहीले गरेका थिए ।
