टोपेन्द्र खनाल आइतबार, चैत्र ०१, २०७७

दाङ । तत्कालिन बेला गाविस र राजपुर गाबिसलाई समायोजन गरि एउटै गाउँपालिका बनाउने क्रममा बेला गाविसको अस्त्तित्त्व समाप्त हुने गरि राजपुर गाउँपालिका नाम राखेर अघि बढाईएतापनी हाल बेलाको समेत अस्त्तित्व हुनेगरी “बेला-राजपुर ” गाउँपालिका बनाउनुपर्ने भनी नेकपा माओवादी केन्द्र राजपुरले आफ्नो निर्णय सार्वजनिक गरि प्रस्ताव अघि सारेको छ ।

आइतबार पार्टिका अध्यक्ष चक्रबहादुर खडका (शिखर)को अध्यक्षतामा बसेको राजपुर गापा स्तरिय निर्णयबाट सो प्रस्ताव अघि सारिएको श्रोतले बताएको छ । यसै गरि गापाको कार्यालय पनि जङ्रहवामा सार्ने ,हाल गापा रहेको भवनमा १५ बेडको अस्पताल स्थापना गर्ने भनि समेत पार्टिले निर्णय गरेको छ। राजपुर गापामा हाल नेकपा माओवादी केन्द्र र नेपाली काङ्रेसको प्रतिनिधि रहेको स्थानिय सरकार छ । गापाको अध्यक्ष र उपाध्यक्ष्य नेपाली काङ्रेसको भएपनि नेपाली काङ्रेस अल्पमतमा छ । २ पार्टिको स्थानिय सरकार रहेको राजपुर गापामा पहिला सहज तरिकाले कार्य अघि बढिरहेको पाईएतापनि  पछिल्लो समयमा नेपाली काङ्रेस र माओवादी केन्द्रबिच एकले अर्कोलाई तल पार्न खोज्दै अग्रगामी छर्लाङ्ग मारिदै गरेको पाईएको छ।

नेकपा माओवादी केन्द्र पार्टीले “बेला -राजपुर” नामकरणको प्रस्तावलाई अघि सारेको भएपनि यो प्रस्तावलाई नेपाली काङ्रेसले कुन रुपमा लिने हो यो बुझ्नलाई केही समय कुर्नै पर्ने देखिन्छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]