Sidha Patra शनिबार, फाल्गुण २९, २०७७

दाङ /तुलसीपुर स्थित राप्ती प्रादशिक अस्पतालमा सघन उपचार कक्ष (आईसियु) भवन निर्माण सुरु भएको छ । भवन निर्माण कार्यको शनिबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सिलन्यास गरेका थिए ।

भवन नहुँदा आईसियु सेवा सञ्चालन हुन सकेको छैन । उपमहानगरपालिकाको २१ लाख ४४ हजार ५ सय ७५ रुपैँया लगानीमा आइसियु भवन निर्माण कार्य सुरु भएको हो । ओशिस कन्स्ट्रक्सनले निर्माण गरिरहेको उक्त आईसियु भवनको जेठ मसान्तमा सक्ने गरि सम्झौता भएको छ । उक्त आइसियु भवन ६ देखि ८ बेडसम्मको हुने छ ।

तुलसीपुरमा आइसियु सेवा नहुँदा विरामीलाई बाहिर रेफर गर्नुपर्ने अबस्था रहेको भन्दै निर्माण कार्य पूरा हुन साथ उक्त सेवा सुरु गर्ने बताए । “अहिले आईसियु सवा सूचारु नहुँदा विरामीलाई बाहिर जिल्ला पठाउनु पर्ने बाध्यता छ”, उनले भने “ अब यो समस्या अन्त्य हुनेछ, भवन निर्माण पूरा भएपछि असारदेखि हामीले आईसियु सेवा सूचारु गर्ने तयारी गरेका छौं ।”

अहिले लुम्बिनी प्रदेश सरकारको लगानीमा अस्पतालमा तलाथप्ने काम भइरहेको समेत प्रमुख पाण्डेले बताए । उनका अनुसार अस्पतालको यस अघि ५० बेड रहेको उक्त अस्पतालको स्तरबृद्धि गरेर दुईसय बेड बनाईएको छ । अबको केही समयपछि उक्त अस्पतालको स्तरबृद्धि गरेर ६०० बेड बनाउने र प्रदेशकै बिशेषज्ञ अस्पतालका रुपमा विकास गर्ने योजना रहेको प्रमुख पाण्डेले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]