
Rgp
Srbpu
Pes
pku
Pbu
Djs
cjs
sbs
Gfs
Sgr
Lnp
Unsku
Ggp
Rgp1

Sls
Ksm
Ssm
Vor
nsb
Wsp
Sbs
Rgu
Hal
Rgu
Pvg
Bbbpu
Tsm
Rgs
Gst
Bbu
Ggd
Rsb
Asm

sab
Pls
Syp
Jmb
Mks
Gsb
bbt
Rpp
Rmb
Jmb
Ptm
Abd
Bml
दाङ /तुलसीपुर स्थित राप्ती प्रादशिक अस्पतालमा सघन उपचार कक्ष (आईसियु) भवन निर्माण सुरु भएको छ । भवन निर्माण कार्यको शनिबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सिलन्यास गरेका थिए ।
भवन नहुँदा आईसियु सेवा सञ्चालन हुन सकेको छैन । उपमहानगरपालिकाको २१ लाख ४४ हजार ५ सय ७५ रुपैँया लगानीमा आइसियु भवन निर्माण कार्य सुरु भएको हो । ओशिस कन्स्ट्रक्सनले निर्माण गरिरहेको उक्त आईसियु भवनको जेठ मसान्तमा सक्ने गरि सम्झौता भएको छ । उक्त आइसियु भवन ६ देखि ८ बेडसम्मको हुने छ ।
तुलसीपुरमा आइसियु सेवा नहुँदा विरामीलाई बाहिर रेफर गर्नुपर्ने अबस्था रहेको भन्दै निर्माण कार्य पूरा हुन साथ उक्त सेवा सुरु गर्ने बताए । “अहिले आईसियु सवा सूचारु नहुँदा विरामीलाई बाहिर जिल्ला पठाउनु पर्ने बाध्यता छ”, उनले भने “ अब यो समस्या अन्त्य हुनेछ, भवन निर्माण पूरा भएपछि असारदेखि हामीले आईसियु सेवा सूचारु गर्ने तयारी गरेका छौं ।”
अहिले लुम्बिनी प्रदेश सरकारको लगानीमा अस्पतालमा तलाथप्ने काम भइरहेको समेत प्रमुख पाण्डेले बताए । उनका अनुसार अस्पतालको यस अघि ५० बेड रहेको उक्त अस्पतालको स्तरबृद्धि गरेर दुईसय बेड बनाईएको छ । अबको केही समयपछि उक्त अस्पतालको स्तरबृद्धि गरेर ६०० बेड बनाउने र प्रदेशकै बिशेषज्ञ अस्पतालका रुपमा विकास गर्ने योजना रहेको प्रमुख पाण्डेले बताए ।
