
Djs
Unsku
cjs
Rgp1
Gfs
Sgr
Rgp
Pbu
Ses
Pes
pku
Lnp
Srbpu
Ggp

Vor
nsb
Sbs
Rgs
Ksm
Rgu
Ggd
Asm
Hal
Sls
Gst
Rsb
Bbu
Bbbpu
Rgu
Pvg
Wsp
Ssm
Tsm

sab
Ptm
Rmb
Rpp
Jmb
Gsb
Pls
Bml
Abd
Jmb
bbt
Syp
Mks
दाङ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिबाट प्राप्त पत्रका आधारमा लमही नगरपालिका र गढवा गाउँपालिकाबीच नदीजन्य पदार्थ उत्खनन क्षेत्रको सिमाना सम्बन्धी संयुक्त अनुगमन सम्पन्न भएको छ ।
लमही नगरपालिका–६ अन्तर्गत बलरामपुर घाट र गढवा गाउँपालिका–७ झारबैरा घाटको सिमाना विषयमा दुवै स्थानीय तहका प्रतिनिधिहरूको उपस्थितिमा स्थलगत निरीक्षण गर्दा सिमाना फरक नपरेको पुष्टि भएको छ । यससँगै सम्बन्धित घाटको ठेक्का प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको लमही नगरपालिकाका इन्जिनियर सौगात वलीले जानकारी दिए ।
त्यसैगरी लमही नगरपालिका–२ अन्तर्गत केरुनिया र छिङटपुर घाट तथा गढवा गाउँपालिका–४ अन्तर्गत खडकपुर घाटको उत्खनन क्षेत्र आपसमा खप्टिएको पाइएको छ । सो क्षेत्रमा ओभरल्याप नहुने गरी स्पष्ट सिमांकन गर्दै दुवै पालिकाले समन्वयका आधारमा ठेक्का प्रक्रिया अगाडी बढाउने निर्णय गरेका छन् ।
संयुक्त अनुगमनमा लमही नगरपालिका प्रमुख जोगराज चौधरी, गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेल, वडा नम्बर–१ का अध्यक्ष दामोदर पौडेल,लमही नगरपालिकाका इन्जिनियर सौगात वली, गढवा गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेल, गढवा गाउँपालिकाका राजस्व शाखा प्रमुख कुलराज कुमाल,लमही नगरपालिकाका सब–इन्जिनियर विनय कुमार यादव,साथै गढवा गाउँपालिकाका सर्भेक्षक र अमिनको सहभागिता रहेको थियो ।
स्थानीय तहबीचको सहकार्य र समन्वयमार्फत विवादित क्षेत्रको समाधान खोजिँदै ठेक्का प्रक्रिया अघि बढाउने निर्णयलाई सकारात्मक कदमका रुपमा हेरिएको छ ।
