
Lnp
Ggp
Djs
Sgr
Pes
Rgp1
Ses
cjs
Gfs
Rgp
Pbu
pku
Unsku
Srbpu

Gst
Rgu
Pvg
Wsp
nsb
Sls
Vor
Ksm
Rsb
Asm
Rgu
Bbu
Ggd
Bbbpu
Hal
Tsm
Sbs
Rgs
Ssm

Rpp
Abd
Gsb
Jmb
Rmb
Jmb
sab
Bml
Mks
Syp
bbt
Ptm
Pls
दाङ । मगर दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मगर समुदायप्रति शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मगर समुदायको गौरवशाली इतिहास,समृद्ध कला संस्कृति,मौलिक भाषा तथा जीवन्त रीतिरिवाजले नेपाली समाजलाई विशिष्ट पहिचान दिएको उल्लेख गरेका छन् । यस विशेष दिनले मगर समुदायमा पहिचान र अस्तित्वप्रति थप आत्मगौरव जागृत गराउने विश्वास व्यक्त गरे ।
उनले मगर समुदाय नेपालका बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचनाको महत्वपूर्ण आधार भएको बताए । परम्परागत नाचगान, लोकसंस्कृति,मौलिक भेषभूषा,सांस्कृतिक पर्व तथा सामाजिक मूल्य मान्यताले समाजलाई समृद्ध र सशक्त बनाएको उनको भनाइ छ । यस्ता अमूल्य सांस्कृतिक धरोहरको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण आजको आवश्यकता भएको उनले उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश मगर समुदायको उल्लेखनीय बसोबास रहेको क्षेत्र भएको उल्लेख गर्दै यहाँका सांस्कृतिक स्थल, परम्परागत बस्ती,लोकपरम्परा र प्राकृतिक सौन्दर्यलाई समेटेर समुदायमा आधारित पर्यटन विकास गर्न सकिने प्रचुर सम्भावना रहेको बताए । मगर समुदायको संस्कृति,खानपान,लोककला र जीवनशैलीलाई पर्यटनसँग जोडेर आर्थिक समृद्धिको आधार बनाउन सकिने स्पष्ट दृष्टिकोण प्रदेश सरकारको रहेको उनले जनाए ।
प्रदेश सरकारले भाषा,कला र संस्कृतिको संरक्षणका लागि नीति तथा कार्यक्रममार्फत सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता पहललाई अझ प्रभावकारी बनाइने उनले स्पष्ट पारे । मगर भाषाको संरक्षण,सांस्कृतिक अध्ययन अनुसन्धान,संग्रहालय तथा सांस्कृतिक केन्द्रको विकास,परम्परागत सीपको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ ।
त्यस्तै उनले यस दिवसले सामाजिक एकता, पारस्परिक सम्मान र सहअस्तित्वको भावनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । मगर समुदायको निरन्तर प्रगति, पहिचानको संरक्षण र समृद्ध भविष्यका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
