
Sds
Rbs
Gisld
Mbdvs
mbd
Pbu

Wsp
Asm
Rgs
nsb
Ksm
Bbu
Vor
Rgu
Sls
Sbs
Bbbpu
Hal
Pvg
Ggd
Rgu
Ssm
Tsm
Rsb
Gst

Jmb
Jmb
Abd
Rmb
Bml
Pls
Rpp
Gsb
Syp
bbt
Mks
sab
Ptm
दाङ । लमही नगरपालिकाले लमही अस्पताल तथा नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य शाखा प्रमुखहरुसँग समन्वयात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र पहुँचयोग्य बनाउने उद्देश्यले आयोजित छलफलमा सेवा विस्तार,जनशक्ति व्यवस्थापन,औषधि आपूर्ति,पूर्वाधार सुधार तथा आगामी योजनाबारे विस्तृत चर्चा गरिएको थियो ।
कार्यक्रममा कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले स्थानीय तहको प्राथमिकतामा स्वास्थ्य क्षेत्र रहेको उल्लेख गर्दै नागरिकलाई सहज र स्तरीय सेवा दिन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइन् । उनले स्वास्थ्य संस्थामा देखिएका समस्या पहिचान गरी समाधानका लागि नगरपालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गरिन् ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले स्वास्थ्य संस्थाको नियमित अनुगमन,सेवा प्रवाहको प्रभावकारिता तथा व्यवस्थापन सुधारमा जोड दिँदै प्राप्त सुझावलाई कार्यान्वयनतर्फ लैजाने प्रतिबद्धता जनाए । लमही नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुमा देखिएका समस्या र चुनौतीबारे छलफलका क्रममा प्रशासन शाखा प्रमुख गायत्री थापाले आफ्नो धारणा व्यक्त गरेकी थिइन् ।
उनले स्वास्थ्य संस्थामा जनशक्ति अभाव, आवश्यक औषधि तथा उपकरणको कमी, सेवा प्रवाहमा देखिएको ढिलासुस्ती लगायतका विषयमा गम्भीर ध्यानाकर्षण भएको बताइन् । यस्ता समस्या समाधानका लागि सरोकारवाला निकायबीच समन्वय,आवश्यक स्रोत–साधनको व्यवस्थापन र प्रभावकारी अनुगमन आवश्यक रहेको उनको भनाइ थियो । साथै देखिएका सवालहरुलाई पहिचान गरी चरणबद्ध रुपमा समाधान गर्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी र सर्वसुलभ बनाउँदै अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् ।
सो क्रममा लमही अस्पतालका प्रशासन प्रमुख रेश्मा थापा,अमिलिया नगर स्वास्थ्य केन्द्रका तीलक बहादुर घर्ती,सतबरिया स्वास्थ्य चौकीका ठाकुर भट्टराई, सोनपुर स्वास्थ्य चौकीका इन्दुमती चौधरी,बनकट्टा नगर स्वास्थ्य केन्द्रका कुलराज चौधरी,बसन्तपुर नगर स्वास्थ्य केन्द्रका विष्णु कुमारी चौधरी,टिकुलीगढ नगर स्वास्थ्य केन्द्रका रिता कुवर,कोलही नगर स्वास्थ्य केन्द्रका कृष्ण आचार्य,सेम्रहवा नगर स्वास्थ्य केन्द्रका सुजाता थापा,मध्यनगर नगर स्वास्थ्य केन्द्रका विष्णु माया पौडेल,वनगै नगर स्वास्थ्य केन्द्रका निर्मला बोहरालगायतले आफ्नो संस्थामा देखिएका चुनौती,आवश्यक स्रोतसाधन तथा सेवा सुधारका लागि आवश्यक सहयोगबारे धारणा राखेका थिए ।
