
Rgp1
Lnp
Pbu
Pes
pku
Rgp
Ses
Sgr
Ggp
Gfs
Djs
Unsku
Srbpu
cjs

Tsm
Ggd
Pvg
Rgs
Sbs
Gst
Sls
Asm
Wsp
Rsb
Vor
Bbu
Rgu
Rgu
Bbbpu
Ksm
Ssm
Hal
nsb

Syp
Jmb
Jmb
Pls
Gsb
Bml
sab
Abd
Rmb
Rpp
Ptm
Mks
bbt
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२१ बिर्ता गाउँका युवा इन्तजार भन्ने मोहम्मद अरबी खाँको हत्यामा संलग्न व्यक्ति एक वर्षपछि पक्राउ परेका छन् ।
सोही ठाउँका ५३ वर्षीय अफजल पठानलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दिपाकपातलीका अनुसार प्रतिवादी पठानलाई नेपाल आउन लागेको समयमा नेपाल–भारत सीमा क्षेत्र जमुनाहाबाट पक्राउ गरिएको हो ।
त्यस्तै पठानलाई फागुन ५ गते पक्राउ गरिएको थियो । घटना भएपछि उनी फरार थिए । लुकीछिपी भारत बस्दै आएका पठान नेपाल आउन लागेका बेला विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको सूचना अधिकारी पातलीले बताए । बिर्ता गाउँका २२ वर्षीय खाँको २०८० चैत्र १८ गते घरदेखि पाँच सय मिटर पूर्व गंगाराम पूर्वादेखि तेलियनपुर जाने बाटोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको भएको थियो । हत्याको भोलिपल्ट रातिदेखि खाँ घरबाट सम्पर्कविहीन भएका थिए ।रातोपाटी
