
Ses
pku
Djs
Pes
Sgr
Rgp
cjs
Lnp
Unsku
Rgp1
Srbpu
Gfs
Ggp
Pbu

Hal
Rgu
Wsp
Ksm
Rgs
Rsb
Gst
Vor
Pvg
Asm
Bbu
Sls
Bbbpu
Rgu
Tsm
Ssm
Ggd
Sbs
nsb

bbt
Bml
Syp
sab
Abd
Pls
Jmb
Jmb
Ptm
Rpp
Gsb
Mks
Rmb
बाँके । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वाटर बागेश्वरी बाँकेबाट खटिएको ९ जनाको सशस्त्र प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ पिप्रहवाबाट भारततर्फबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको जनाएको छ ।
भे.१ ह ६४२९ र भे.१ ह ४५३८ नम्बरका दुई वटा अटोमा राखी लत्ताकपडा,किराना सामान तथा सुर्तिजन्य पदार्थ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ३० गणले नियन्त्रणमा लिइएको छन् । नियन्त्रणमा लिइएका दुवै अटो, सामान तथा सम्बन्धित व्यक्तिलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यस्तै अटो रिक्सा सहित बरामद सामानको भन्सार दाखिला मूल्य ५ लाख ५५ हजार २९५ रुपैयाँ कायम गरिएको सशस्त्र प्रहरी गण हेक्वाटर ३० गण गणले जानकारी दिएको छ । साथै सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म जमुनाहाबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरस्थित सीमा क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको अन्दाजी १० लाख रुपैयाँ बराबरको मोटर पाट्र्स र लत्ताकपडा बरामद गरेको हो। सोही प्रकरणमा कालिकोट रास्कोट नगरपालिका ८ निवासी २६ वर्षीय तपेन्द्र दर्जीलाई पक्राउ गरिएको छ ।
यस्तै हालै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हे क्वाटर बागेश्वरी बाँकेमा गणपति प्रहरी उपरीक्षक एसपी भिम बहादुर चन्द आएपछि नेपाल भारत खुला सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा सक्रिय रूपमा परिचालित हुँदै आएको बाँके जिल्ला बासीहरु बताउँछन् । सीमा सुरक्षा तथा तस्करी नियन्त्रणमा थप कडाइ गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वाटर बागेश्वरी बाँकेले जानकारी दिएको छ ।
