
Rgp1
Sgr
Rgp
Lnp
Unsku
pku
Djs
Ggp
Ses
Pbu
Gfs
Srbpu
Pes
cjs

Gst
Rsb
Sls
Hal
Bbbpu
Rgu
Ksm
Pvg
Ssm
nsb
Vor
Rgu
Rgs
Ggd
Asm
Tsm
Wsp
Bbu
Sbs

bbt
Ptm
Jmb
Bml
Rpp
Rmb
sab
Jmb
Mks
Pls
Abd
Gsb
Syp
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन धनभन्दा नीति प्रधान हुनुपर्ने बताएका छन् ।
निर्वाचन आयोगद्वारा आयोजित ‘निर्वाचन प्रचारप्रसार खर्च व्यवस्थापन र निर्वाचनमा महिलाका लागि सुरक्षित वातावरण प्रवर्धन’सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीतिलाई प्रधानता दिएर दल र उम्मेदवार परिचालित हुनुपर्नेमा जोड दिए । २०४३ मा रुपचन्द्र विष्टले आफ्ना नीति, कार्यक्रमसहित जनतासँगै पैसा मागेर चुनाव जितेको उनले स्मरण गरे ।
‘निर्वाचन खर्चको हद पार गरे उम्मेदवारी खारेज गरिनेसम्मको कारबाही हुन्छ, आइतबारमात्र आयोगले निर्वाचनको प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने विषयमा ६३ बुँदामा गर्न हुने र नहुने विषयमा जानकारी गराएको छ । देशलाई सुशासनमा लैजान मितव्ययी निर्वाचन आवश्यक छ, राजनीतिलाई व्यापारीकरण गरिनुहुन्न’, उनले भने ।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा त्यसअघिका कानुनभन्दा नयाँ कानुन तर्जुमा गरेर चुनाव गराइएको स्मरण गरे । चुनावमा गरिने खर्च नै देशमा भ्रष्टाचार बढाउने माध्यम बनेकाले यसमा सुधारका लागि आयोगको पहल सकारात्मक रहेको उनको भनाइ थियो ।
आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन लोकतन्त्रको आधारभूत मान्यता भएको उल्लेख गर्दै निर्वाचनमा सहभागी हुने दल र उम्मेदवारले खर्च पारदर्शी बनाउनुपर्ने बताए ।
