हेमराज शर्मा आइतबार, फाल्गुण २३, २०७७

दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) ले गढवामा निशुल्क बाल स्वास्थ्य शिबिरकाे आयाेजना गरेको छ । शिबिरमा गढवा गाउँपालिकाबाट बिभिन्न वडाका ५ सय ९० जना बालबालिकाले स्वास्थ्य जाचँ गराएका थिए। गढवा–५, धर्मपुर निवासी सुनिता चौधरी आफ्नो २ वर्षिया सोनम चौधरीलाई चार दिन देखि ज्वरो आएपछि उनी बाल स्वास्थ्य शिबिरमा आएकि थिईन । “बाल स्वास्थ्य शिबिर संचालन हुदै छ भन्ने आमा समुहको बैठकमा थाहा पाएको थिए । छोरालाई धेरै ठाउँमा देखाएको निको भएको छैन । डाक्टरले औषधि लेखिदिनु भएको छ, अब निको हुन्छ कि ।” उनले भनिन् ।

सुनिता जस्तै गढवा–७, लक्षणपुर निवासी गिता पुन मगर पनि आफ्ना ३ भाई छोरा लिएर आएकि थिईन । मजदुरी गरेर परिवार पालिरहेकि उनको एघार, नौ र सात वर्षिय मदन, सुवास र संदिपको समस्या एउटै थियो । घाटिको छेउमा सुनिन्छ । औषधि खाए पछि केहि निको भए जस्तो त हुन्छ तर पछि फेरि त्यहि समस्या दोहोरिएकाे बताउदै श्रीमान इटा भट्टामा काम गर्न गएको र आर्थिक समस्याले गर्दा टाढा उपचार गर्न जान नसकिएको दुखेसो उनले पोखिन् ।

बाल स्वाथ्य शिबिरमा सहभागि डा. रेगम सिं थापाले छालाका रोगहरु लुतो, शरिर चिलाउने र टाउको पेट दुख्ने बिरामीहरु धेरै आएको बताउदै ब्यक्तिगत सरसफाईमा ध्यान नदिदा त्यस्ता खालका समस्याहरु देखिने बताए । त्यस्तै डा. भरत पोख्रेलले आफु पहिलो वर्ष देखि नै यस बाल स्वास्थ्य शिबिरमा आबद्ध भएको र पहिलो वर्ष भन्दा यस वर्ष संक्रमण खालका रोगहरुका बिरामी बालबालिका कम आएको बताउदै बालबालिकाहरुले काेभिड–१९ का कारण सरसफाईमा ध्यान दिएकाले सो संख्या कमि भएको हुन सक्ने जानकारी दिए । डाक्टरहरुले शिबिरमा जाचँका लागि आएका बालबालिकाका अभिभाबकहरुलाई औषधी भन्दा खानेकुरा र सरसफाईमा बढि ध्यान दिदा रोग कम हुने भन्दै सल्लाह पनि दिएका थिए ।

सीपी नेपालले बिगत तीन वर्ष देखि रिच आउट टु नेदरल्याण्डको आर्थिक सहयोगमा निशुल्क बाल स्वास्थ्य शिबिर संचालन गर्दै आईरहेको छ । गरिब तथा आर्थिक संकटका कारण स्वास्थ्य सेवाबाट बञ्चित बालबालिकाहरुका लागि यो शिबिर संचालन गरिएको सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले बताए । सो शिबिरबाट यस वर्ष ५ सय ९० जना बालबालिकाहरुले निशुल्क सेवा लिएको र २० वटा जटिल प्रकारका रोगहरु देखिएकाले उनिहरुलाई सरसल्लाह र उपचारमा सहयोग गरिने निर्देशक सापकोटाले जानकारी दिए ।

सो बालस्वास्थ्य शिबिरमा ५ जना डाक्टर सहित ११ जना स्वास्थ्य चौकिका स्वास्थ्यकर्मिहरुको सहभागिता रहनुका साथै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादब, उपाध्यक्ष शान्ति चौधरी र प्रमुख प्रशासकिय अधिकृत लालबहादुर योगि, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीको उपस्थितिमा शिबिरको शुरुवात गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]