
Gmk
mbd
Rbs
Sds
Pbu
Ksm
Mbdvs
Gisld
Anm

nsb
Hal
Rgs
Bbu
Ggd
Pvg
Gst
Sls
Tsm
Asm
Wsp
Rgu
Ssm
Ksm
Sbs
Bbbpu
Vor
Rsb
Rgu

Jmb
Syp
Ptm
Abd
bbt
sab
Pls
Rmb
Jmb
Bml
Gsb
Mks
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिकावडा नम्बर ३ मौरीघाटमा अवस्थित चैतन्य पाठशालाले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव तथा ‘चैतन्य प्रज्ञा’ नामक शैक्षिक कृतिको लोकार्पण कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
गुणस्तरीय,व्यवहारिक र चेतनामूलक शिक्षाको अभियान बोकेको यस विद्यालयको वार्षिकोत्सव कार्यक्रम स्थानीय समुदाय,शैक्षिक क्षेत्रका अगुवा तथा अभिभावकहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षता तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विनोद प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. ढकालले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नरही चेतना, सीप र चरित्र निर्माणसँग जोडिनुपर्नेमा जोड दिए । उनले चैतन्य पाठशालाले छोटो अवधिमै शिक्षा क्षेत्रमा सकारात्मक छाप छोड्न सफल भएको उल्लेख गर्दै यस्ता शैक्षिक संस्थाहरूले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यालयको शैक्षिक,भौतिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी प्रगति प्रतिवेदन विद्यालयकी प्रधानाध्यापक सुषमा रेग्मीले प्रस्तुत गरेकी थिइन् । प्रतिवेदनमा विद्यालय स्थापना भएदेखि हालसम्मको उपलब्धि, विद्यार्थी संख्या वृद्धि, शैक्षिक नतिजा, शिक्षक तालिम, अतिरिक्त क्रियाकलाप तथा भावी योजनाबारे विस्तृत जानकारी दिइएको थियो। प्रस्तुत प्रतिवेदनले विद्यालयको समग्र प्रगति र भावी दिशालाई स्पष्ट रूपमा उजागर गरेको सहभागीहरूको प्रतिक्रिया थियो। सो अवसरमा विद्यालयका प्रबन्ध निर्देशक डा. जिवराज आचार्यले चैतन्य पाठशालाको स्थापना उद्देश्य, दर्शन र भविष्यको योजना बारे प्रकाश पारे । उनले शिक्षा भनेको केवल ज्ञान हस्तान्तरण नभई चेतनाको विकास भएको उल्लेख गर्दै ‘चैतन्य प्रज्ञा’ ग्रन्थले विद्यार्थी, शिक्षक र अभिभावक सबैका लागि मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले स्थानीय तह शिक्षाको गुणस्तर सुधारमा चैतन्य पाठशालाले खेलेको भूमिकाको प्रशंसा गर्दै गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए ।
त्यस्तै एन प्याप्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा प्रतिस्पर्धासँगै जिम्मेवारी बोध गर्नुपर्ने बताउँदै चैतन्य पाठशालाको प्रयास उदाहरणीय रहेको धारणा राखे। त्यस्तै नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार नारायण प्रसाद शर्मा, ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विक्रान्त ज्ञवाली, प्याप्सन राप्तीका अध्यक्ष रामप्रसाद शर्मा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवकुमार वली लगायत वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापमा उल्लेखनीय प्रगति गरेको उल्लेख गरे ।
वक्ताहरूले चेतनाको विकास र समग्र व्यक्तित्व निर्माणमा चैतन्य पाठशाला अग्रणी भूमिका खेलिरहेको साझा निष्कर्ष प्रस्तुत गरेका थिए।कार्यक्रममा अभिभावक प्रतिनिधि चुमबहादुर बुढामगरले विद्यालयप्रति अभिभावकहरुको विश्वास बढ्दै गएको बताउँदै आफ्ना बालबालिकाको सकारात्मक परिवर्तन देखिएको अनुभव साझा गरे । शिक्षक प्रतिनिधि रश्मी अधिकारी तथा विद्यार्थी संझना मल्लले पनि विद्यालयले प्रदान गरेको शैक्षिक वातावरण र अवसरप्रति कृतज्ञता व्यक्त गरे। वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेका विभिन्न अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। पुरस्कार वितरणले विद्यार्थीहरुलाई अझ मेहनत र सिर्जनशीलतर्फ प्रेरित गरेको अभिभावकहरुको धारणा थियो।
कार्यक्रमको अर्को आकर्षण विद्यार्थीहरुले विज्ञानका प्रदर्शनी पनि राखेका थिए । साथै विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो। विद्यार्थीहरुले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, नाटक, गीत तथा विविध रचनात्मक कार्यक्रमहरुले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । ती प्रस्तुतिहरुले विद्यार्थीहरुको प्रतिभा, आत्मविश्वास र विद्यालयले प्रदान गरेको समग्र शिक्षण–सिकाइ वातावरणको झल्को दिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक बसन्तराज भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षण क्रियाकलाप संयोजक विपी खनालले गरेका थिए ।

