तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शनिबार, माघ १७, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (Local Governance Performance Assessment System- LGPAS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

स्थानीय तहको समग्र कार्यसम्पादनलाई प्रभावकारी, पारदर्शी तथा उत्तरदायी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चौधरी, विभिन्न वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु,शाखा प्रमुख तथा कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

त्यस्तै कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई एउटै मञ्चमा राखी मूल्याङ्कन प्रणालीबारे साझा बुझाइ विकास गर्ने उद्देश्य राखिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको अवधारणा,उद्देश्य तथा प्रयोगात्मक पक्षबारे जानकारी गराएका थिए । उनले स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता,जवाफ देहिता तथा संस्थागत क्षमता अभिवृद्धि गर्न एलजी पास प्रणाली महत्वपूर्ण प्रणालीका रुपमा रहेको उल्लेख गरे । यस प्रणालीले स्थानीय तहका सबल पक्ष र कमजोरी पहिचान गरी सुधारका लागि स्पष्ट मार्गनिर्देशन प्रदान गर्ने उनको भनाइ रहेको छ ।

कार्यक्रममा एलजी पास प्रणालीअन्तर्गतका विभिन्न सूचकहरु,हालको कार्यसम्पादन अवस्था,आवश्यक तथ्यांक संकलन विधि,प्रमाणिकरण प्रक्रिया तथा मूल्याङ्कन विधिबारे विस्तृत प्रस्तुतीकरण तथा छलफल गरिएको थियो । सूचकहरु कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने विषय,अभिलेखीकरणको महत्व तथा समयमै तथ्यांक अद्यावधिक गर्नुपर्ने आवश्यकता माथि समेत प्रकाश पारिएको थियो ।

यस प्रणालीमार्फत गाउँपालिकाको प्रशासनिक,आर्थिक, सामाजिक तथा सेवा प्रवाहसँग सम्बन्धित समग्र कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन हुने अपेक्षा गरिएको छ । त्यस्तै मूल्याङ्कनबाट प्राप्त नतिजाका आधारमा सेवा सुधार,योजना तर्जुमा तथा नीतिगत निर्णय प्रक्रियामा सहयोग पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एलजी पास प्रणालीले स्थानीय सरकारलाई अझ उत्तरदायी,पारदर्शी र परिणाममुखी बनाउने धारणा व्यक्त गरेका थिए । उनले यस्ता अभिमुखीकरण कार्यक्रमहरुले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई कार्यसम्पादनप्रति थप जिम्मेवार बनाउँदै गुणस्तरीय तथा प्रभावकारी सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]