
Ses
Unsku
Pes
Ggp
Rgp
Sgr
Lnp
Rgp1
cjs
Srbpu
Gfs
Pbu
Djs
pku

Hal
Ssm
Vor
Rsb
Ksm
Gst
Tsm
Bbbpu
Rgu
Pvg
Rgu
Wsp
Sls
Bbu
nsb
Rgs
Ggd
Asm
Sbs

Jmb
Pls
Gsb
Jmb
Mks
Bml
Rpp
Syp
sab
Abd
bbt
Rmb
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट स्थित दाेलाई खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारुको पहलमा उक्त पुल निर्माण अघि बढाइएको हो । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटदेखि वडा नम्बर ९ देविकोट हुँदै बङ्गलाचुली जोड्ने गणतन्त्र मार्ग अन्तर्गत पर्ने दाेलाई खोलामा लुम्बिनी प्रदेश सरकारको ५ करोड २६ लाख ७३ हजार ४ सय ५३ रुपैयाँ लागतमा पुल निर्माण भइरहेको छ।
पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर रहने जनाइएको छ । बहुवर्षीय ठेक्काका रुपमा नारायणम निर्माण सेवा प्रा.लि. नेपालगन्जले पुल निर्माणको जिम्मा लिएको हो।
निर्माण कम्पनीले २०८२ मंसिर १४ गते ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको छ । सम्झौता अनुसार १६ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको समय अगावै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको निर्माण व्यवसायी कृष्ण गिरीले जानकारी दिए ।
प्रदेशसभा सदस्य इन्द्रजित थारुले पुल निर्माणका लागि बहुवर्षीय बजेट विनियोजन गरिएको बताउँदै योजनाको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर अनुगमन भइरहेको बताए । संघीय सरकारको बजेटको अपेक्षामा केही ढिलाइ भएपनि प्रदेश सरकारको पहलमा अहिले निर्माण कार्य अघि बढेको उनले बताए ।
यसैक्रममा प्रदेशसभा सदस्य थारु र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मंगलबार संयुक्त रुपमा पुल निर्माण स्थलको स्थलगत अनुगमन गर्दै निर्धारित मापदण्डअनुसार गुणस्तरीय सामाग्रीकाे प्रयोग गरि तोकिएको समयसीमाभित्र काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
यसअघि पुल नहुँदा वर्षायाममा दाेलाई खोलामा पानीको बहाव बढ्दा स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको थियो । पक्की पुल निर्माणपछि राप्ती गाउँपालिका वडा नम्बर ४ र ९ का स्थानीयवासीसँगै बङ्गलाचुली गाउँपालिकाका नागरिकलाई समेत यातायातमा सहजता हुने अपेक्षा गरिएको छ।
यसैगरी,प्रदेशसभा सदस्य थारुकै पहलमा सोही खोलामा वडा नम्बर ५ र ६ जोड्ने पहरुवा– पत्थरगढवा र वडा नम्बर ८ र ४ जोड्ने बिजौरी–नयाँगाउँ जोड्ने पक्की पुल निर्माण कार्य भई रहेको छ ।
