
Lnp
Rgp
Ggp
Rgp
lnp
Ggp
Usb
Rgp
Sgp
Asb
Dus
Lks
ksb
Jns
Rgp

lms

बाजुरा । केही दिनदेखि बाजुरा लगातार परेको भारी हिमपातका कारण त्यहाँको जनजीवन प्रभवित भएको छ । गत शुक्रबार, शनिवार र सोमबारमा परेको बाक्लो हिमपातका कारण त्यहाँको जनजीवन निकै प्रभावित बन्दै गएको हो ।
केही दिन यता बाहिर बाक्लो हिमपातका कारण त्यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई चरिचरन गर्न समेत निकै समस्या भएको हिमाली गाउँपालिका–६ पाडीका स्थानीय चिनबहादुर रावलले बताए । उनले भने, ‘हिउँदको महिना यहाँ त्यसै पनि धेरै चिसो हुन्छ । त्यसैमाथि अहिले गत शुक्रबारदेखि हिउँ पर्न सुरु भएपछि अहिले यहाँका स्थानीयलाई घर बाहिर निक्लन तथा गाई–भैँसी भेडाबाख्रालाई वनमा लिएर चराउन समेत गाह्रो भएको छ ।’
पाडी गाउँ त्यहाँको हिमाली भेग मुनी भएकोले र त्यहाँ थोरै पानी पर्ने वित्तिकै बाक्लो हिमपात पर्ने भएकोले अहिले त्यहाँका बयोवृद्ध बालबालिका र दमका बिरामीहरु प्रभावित हुने गरेको रावतले बताए । बाजुरामा लगातार परेको हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित हुने गरेको भएपनि यत्यहाँका किसानले लगाएको हिउँदेबालीलाई भने राहत भएको छ ।
जिल्लामा परेको लामो समय खडेरीका कारण त्यहाँका किसानले लगाएको त्यो हिउँदेबाली गहुँ,जौ र तरकारीबालीलाई राहत भएको हो । ‘त्यहाँ सिचाइको सुविधा छैन । हामी सधैँ आकासे पानीको भरमा हिउँदे खेती लगाउँने गर्छौं । पानी परेपछि त्यो बाली राम्रो हुन्छ । पानी नपरेपछि भने त्यो सबै सुक्छ । यती बेला पानीसँगै बाक्लो हिउँ परेपछि त्यो बालीलाई भने निकै राहत भएको छ।’ हिमाली गाउँपालिका सथनीय जोगा रोकायले भने ।
त्यस्तै उनका अनुसार कात्तिकदेखि माघको महिलो सातासम्म पानी नपरेपछि हिउँदे खेती सुक्छ। अनी वर्खाको समय के खाने भन्ने निकै चिन्ता भएको थियो । यतीबेला माघ १० गते रातीदेखि बाक्लो हिमपात परेपछि अब त्यो हिउँदे बालीलाई राहत भएको छ । बाक्लो हिउँ परेपछि गहुँमा लाग्ने किरा समेत मर्ने र सिचाइको पनि आवश्यक नपर्ने भएकोले अब यो वर्ष हिउँदेबाली सप्रिने आश भएको रोकायाले बताए ।
बाजुरामा केही दिन यता लगातारको हिमपातले दल र उम्मेदवारहरुको चुनावी प्रचार प्रसार गर्ने कार्यक्रम पनि प्रभावित बनेको छ । हिमाली भेगका गाउँ बस्ती बाक्लो हिमपातले छापिएपछि त्यहाँका राजनीतिक दललाई ती गाउँ बस्तीमा गएर चुनावी प्रचारप्रसार गर्न समस्या भएको हो ।
यस्तै त्यहाँका धेरै गाउँ बस्तीमा यती बेला विभिन्न दलका नेता तथा कार्यकर्ता आएर चुनावी प्रचार प्रसार गर्दै आएका छन् । गत शुक्रबारदेखि गाउँमा बाक्लो हिमपात परेकोले अहिलेसम्म त्यहाँ कोही दलका उम्मेदवार आउने नगरेको रावलले बताए ।दिनेशखबर
