
Djs
Lnp
Gfs
Unsku
Rgp1
Rgp
cjs
Pbu
Ggp
Srbpu
Ses
Pes
Sgr
pku

Sbs
Rgu
Rgu
Bbu
nsb
Bbbpu
Rsb
Pvg
Sls
Ggd
Hal
Tsm
Ksm
Gst
Wsp
Rgs
Asm
Vor
Ssm

bbt
Jmb
Bml
Gsb
Rpp
Syp
Ptm
Rmb
Jmb
sab
Mks
Pls
Abd
काठमाडौं । बारामा एकै परिवारका आमा-छोरा हत्यामा बुहारी र अर्का एक युवक पनि पक्राउ
परेका छन् ।
बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । बुधबार बिहानीपखका राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले बताए । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै आक्रमणबाट ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन् । उनीहरूको एलएसआर न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।
यस्तै घटनामा संलग्न भएको आरोपमा उनीहरूकै बुहारी र अर्का एक युवकलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । पक्राउ परेका ती युवक २६ जनवरी (१२ माघ) मा मात्रै दुबईबाट नेपाल आएको पाइएको एक अनुसन्धान अधिकृतले बताए । दुबईको सारजाह विमानस्थलबाट काठमाडौं ओर्लिए लगत्तै ती युवक बारा पुगेका थिए । त्यसपछि बुहारीकै मिलेमतो र योजनाअनुसार आमाछोराको हत्या भएको आशंका प्रहरीले गरेको छ ।
त्यस्तै ‘बुहारीसँग ती विदेशबाट आएका युवकको विवाहत्तेर सम्बन्ध रहेको बुझिएको छ । यसबारे परिवारमा थाहा पाएर किचकिच भएपछि योजनाबद्ध रुपमा हत्या गरेको जस्तो देखिन्छ । थप विषय अनुसन्धानबाट पुष्टि होला,’ ती अनुसन्धान अधिकृतले भने ।अनलाइनखबर
